त्रिवेणिमा राष्ट्रपति रनिङ शिल्ड तथा अध्यक्ष कप सुरु, ७१४ खेलाडिको सहभागिता

सल्यान, २६ माघ ।

पालिकाभित्रका ३५ वटा विद्यालयबाट ७१४ जना खेलाडीको सहभागिता ररहनेगरी सल्यानको त्रिवेणी गाउँपालिकामा चौथो राष्ट्रपति रनिङ शिल्ड तथा अध्यक्ष कप सुरु भएको छ । बुधबार उद्घाटन भएको खेलकुदका प्रतियोगीताहरु चार दिन सम्म चल्नेछन् । राष्ट्रपति रनिङ शिल्ड तथा अध्यक्ष कपमा ५४ वटा विधामा प्रतिष्पर्धा हुने त्रिवेणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम बहादुर बुढाले जानकारी दिए ।

गाउँपालिका अध्यक्ष खिम बहादुर रावतको अध्यक्षतामा भएको कार्यक्रममा कर्णाली प्रदेशसभाका लागि सल्यान निर्वाचन क्षेत्र नम्बर २ का सांसद सुरेश अधिकारीले खेलकुद क्षेत्रको विकासले सामाजिक एकटा र सम्मृद्धिको आधारशिला तयार पार्ने हुँदा खेलकुद विकासका लागि ठोस नीति र दृष्टिकोण बनाएर अगाडि बढन आवश्यक रहेको बताए । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका उनले खेलकुद पूर्वाधारको विकास हुनुपर्नेमा समेत जोड दिए ।

कार्यक्रममा वक्ताहरुले कुशल अनुशासित स्वास्थ्य शरीर र स्वास्थ्य मस्तिष्क भएको नागरिक उत्पादन गर्नका लागि खेलको महत्व रहेको तर्क गरेका थिए । उद्घाटन कार्यक्रममा त्रिवेणी गाउँपालिकाका संस्थापक अध्यक्ष मान बहादुर डाँगी, प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेल, जिल्ला खेलकुद विकास समितीका अध्यक्ष खड्ग आचार्य, नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष नविन पौडेल लगाएकाले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा बोल्ने वक्ताहरुले पढाई र खेललाई संगै अघि बढाउन बिद्यार्थीहरुलाई सुझाव दिएका थिए । स्वस्थ र समृद्ध त्रिबेणी गाउँपालिका, बिकासमा हाम्रो प्रतिबद्धता, स्वास्थ्यका लागी खेलकुद राष्ट्रका लागी खेलकुद भन्ने नाराका साथ चौथो राष्ट्रपति रनिङ शिल्ड तथा अध्यक्ष कप सुरु भएको हो ।

प्रकाशित मिति: २५ माघ २०७९, बुधबार २०:३३