
सल्यान- प्रथम कर्णाली प्रदेश स्तरिय बुद्धिचाल प्रतियोगीता विरेन्द्र नगर सुर्खेतमा सम्पन्न भएको छ । बुद्धिचाल संघ कर्णालीको आयोजनामा शनिबार उद्घाटन भएको प्रतियोगिता आईतबार सम्पन्न भएको हो । प्रतियोगीतामा दैलेख खुल्ला र महिला तर्फ ५ स्थान हात पार्न सफल भएको आयोजकले जनाएको छ । खुल्ला तर्फ दैलेखका शक्तिराम बुढा प्रथम, दैलेखकै निरक रावल द्धितीय र सल्यानका मदन ओली तृतीय भएको बुद्धिचाल संघ कर्णालीका सदस्य रुपक बुढाले जानकारी दिए ।
यस्तै महिला तर्फको खेलमा तीनवटै स्थानमा दैलेखका खेलाडिले जीत हाँसिल गरेका छन् । सदस्य बढाका अुसार नम्रता न्यौपाने प्रथम, लक्ष्मी कार्की द्धितीय र हेमा खड्का तृतीय भएका छन् । प्रतियोगीताको शनिबार कर्णालीका उद्योग पर्यटन वन तथा वातावरण मन्त्रि नन्दसिंह बुढाले गरेका थिए । पर्यटन वर्ष २०२० लाई मनाउन र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य सहित बुद्धिचाल प्रतियोगीता आयोजना गरिएको बुद्धिचाल संघले जनाएको छ । प्रतियोगीतामा कर्णालीभित्र रहेका जिल्लाका ५० जना खेलाडिहरुले भाग लिएका थिए ।
दुई खेलाडिविचमा हुने बुद्धिचाल खेल को विकास र विस्तारका लागी संघ क्रियाशिल रहेको बुद्धिचाल संघ कर्णालीका अध्यक्ष रतननाथ योगीले बताएका छन् । यसैविच बुद्धिचाल संघ कर्णालीको अधिवेशन यहि माघ सोमबार हुने भएको छ । अधिवेशनले नयाँ कार्यसमिती चयन गर्ने प्रदेश सदस्य विर बहादुर रावतले जानकारि दिएका छन् । सोमबार नै विजयी खेलाडिहरुलाई पुरस्कार विरण गरिने आयोजकले जनाएको छ ।
प्रकाशित मिति: ५ माघ २०७६, आईतवार १८:०९