बुद्धिचाल संघ कर्णालीको अधिवेशनले चयन गर्याे नयाँ कार्यसमिति

सल्यान – प्रथम प्रदेश स्तरिय बुद्धिचाल प्रतियोगिता सम्पन्न गरेको बुद्धिचाल संघ कर्णालीले नयाँ कार्यसमिति पनि चयन गरेको छ । हालै विरेन्द्रनगर सुर्खेतमा सम्पन्न अधिवेशनले सल्यानका विर बहादुर रावतलाई अध्यक्षमा चयन गर्दै प्रदेश स्तरिय नयाँ समिति निर्माण गरेको हो ।


संघको उपाध्यक्षमा सुर्खेतका कार्ल मास्क श्रेष्ठ, सचिवमा हुम्लाका गगन बहादुर शाही, कोषाध्यक्षमा दैलेखकी लक्ष्मी कुमारी कार्की र अन्य सदस्यहरु रहेका छन् । बुद्धिचाल संघले खेलको महत्व बुझाउदै प्रदेशभरका जिल्लामा बुद्धिचाल खेललाई विस्तार गर्दै लैजाने संघका प्रदेश सदस्य रुपक बुढाले जनाएका छन् ।

प्रकाशित मिति: ८ माघ २०७६, बुधबार २०:३२