
लामो समयको प्रयासपछि गेलले ईपीएल खेल्न राजी भएको पोखरा राइनोजले जनाएको छ । उनी पोखराको आइकनिक खेलाडीसमेत रहेका छन् । ईपीएलको सफलताले गर्दा गेलले नेपालमा खेल्न राजी भएको टिमका मालिक दिपा अग्रवालले बताउनुभयाे । उनलाई नेपाल ल्याउनका लागि ६ महिना मेहेनत गरेको टिमको भनाइ छ ।
गेल नेपाल आएपछि सबैले सेलिब्रेसन गर्ने इपीएल आयोजक जोरा स्पोर्टस म्यानेजमेन्टका प्रबन्ध निर्देशक आमिर अख्तरले बताउनुभयाे ।
ईपीएल चैत १ गतेदेखि १५ गतेसम्म त्रिवि क्रिकेट मैदानमा हुनेछ ।
प्रकाशित मिति: १६ माघ २०७६, बिहीबार १५:५४