
रुकुम पश्चिम- रुकुम पश्चिममा म्याराथन हुने भएको छ । सानिभेरी गाउँपालिकाको आयोजनामा फागुन २ गते मौराखारामा गुरिल्ला म्याराथन हुने भएको हो । यसपटकको संस्करणमा पुरुष र महिला तर्फका खेल समाबेश भएको गाउँपालिका अध्यक्ष नर बहादुर पुनले जानकारी दिए ।
यसपटक पुरुष म्याराथन ३२ किलोमीटर र महिला म्याराथन २५ किलोमीटर दुरिमा निर्धारण गरिएको आयोजकले बताएको छ । म्याराथनमा पुरुष तर्फ प्रथम पुरस्कार ७५ हजार, दोश्रो पुरस्कार ७० हजार, तेश्रो पुरस्कार २५ हजार र सान्तवना दुई जनालाई १०÷१० हजार प्रदान गरिने सानिभेरी गाउँपालिकाले जनाएको छ ।
यस्तै महिला तर्फ प्रथम पुरस्कार ५० हजार, दोश्रो पुरस्कार २५ हजार, तेश्रो पुरस्कार २० हजार र सान्तवना दुई जनालाई १०÷१० हजार प्रदान गरिने छ । पुर्ब गृहमन्त्री तथा प्रतिनिधि सभा सदस्य जनार्दन शर्मा ( प्रभाकर) ले म्याराथनको उत्घाटन गर्ने बताईएको छ ।
प्रकाशित मिति: २७ माघ २०७६, सोमबार १२:५३