शान्तिनगरमा वडा अध्यक्षकप खेलकुद प्रतियोगिता सुरु

दाङ – स्वास्थ्यका लागी खेलकुद राष्ट्रका लागी खेलकुद भन्ने मुल नाराका साथ सोमबार देखि शान्तिनगर गाउँपालिका वडा नम्बर तिनको आयोजनामा वडा अध्यक्षकप खेलकुद प्रतियोगिता सुरु भएको छ ।

खेलकुद कार्यक्रमको उद्घाटन गर्दै शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमान सिँह डांगीले खेलाडीहरु राष्ट्रका गहना भएको बताउदै उनिहरुको जगेर्नाका लागी राष्ट्रले लगानी गर्नु पर्ने बताएका छन् । सँदिप लामीछाने र पारश खड्काको उदाहरण दिदै प्रमुख अतिथी डांगीले खेल क्षेत्रमा शान्तिनगर गाउँपालीकाले पनि लगानी गरेको बताए ।

प्रमुख प्रशासकिय अधिकृत नर बहादुर बिश्वकर्माको बिशिष्ट आतिथ्यतामा भएको कार्यक्रम माबि बयाले ब्यबस्थापन समितीका अध्यक्ष शशिधर के सी, समाज सेवि नन्दलाल पाण्डे, नेकपा सचिबालय सदस्य दिपक चन्द र नेपाली काँग्रेसका प्रतिनीधि मिनबहादुर के सी लगाएतले बोलेका थिए । तिनदिन सम्म संचालन हुने कार्यक्रममा भलिबल, फुटबल र कराते प्रतियोगिता हुने कार्यक्रम सँयोजक गणेश डांगीले जानकारी दिएका छन् । डिल बहादुर के सीको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको संचालन थम्मन कँडेलले गरेका थिए ।

प्रकाशित मिति: २७ माघ २०७६, सोमबार १५:३१