कभर खबर

  • ६ फाल्गुन २०७६, मंगलवार १३:०९

नेपालले एसीसी इस्टर्न रिजन टी-२० क्रिकेट प्रतियोगिता खेल्दै, कुन देश संग कहिले (तालिका सहित)

काठमाडौंः फेब्रुअरी २९ देखि मार्च ७ सम्म थाईल्याण्डमा हुने एसीसी इस्टर्न रिजन टी-२० क्रिकेट प्रतियोगिताको नयाँ खेल तालिका सार्वजनिक भएको छ । प्रतियोगितामा भुटान, चीन र म्यानमारले सहभागिता नजनाउने भएपछि खेल तालिका पनि परिवर्तन गरिएको हो ।

नयाँ खेल तालिका अनुसार नेपालले आफ्नो पहिलो खेलमा २९ फेब्रुअरीमा मलेसियासँग खेल्ने भएकाे छ । त्यस्तै नेपालले आफ्नो दोस्रो खेलमा १ मार्चमा हङकङसँग, तेस्रो खेलमा ४ मार्चमा थाईल्याण्ड र अन्तिम खेलमा ६ मार्चमा सिंगापुरसँग खेल्ने छ । प्रतियोगिताको शिर्ष २ टीम एसिया कप छनोटमा प्रवेश गर्ने छन् । तीन टीमले सहभागीता नजाउने भए पनि खेल राउन्ड रोबिनमा हुने भएको छ ।

नयाँ खेल तालिका

पाकिस्तानमा हुने एसिया कप टी-२० क्रिकेट प्रतियोगिताको लागि लक्ष्यित दुई प्रतियोगिता इस्टर्न रिजन र वेस्टर्न रिजन बाट २-२ गरि कुल ४ टिम बिच मलेसियामा अगस्टमा हुने एसिया कप टी-२० फाइनल छनोटमा अन्तिम छनोट हुनेछ । टी-२० एसिया कप सेप्टेम्बर २०२० मा पाकिस्तानमा हुनेछ एसियाली टेस्ट राष्ट्रहरु अफगानिस्तान, बाङ्लादेश, भारत, पाकिस्तान र श्रीलंका सिधै छनोट भएका छन ।

नेपाली टिमः ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), पारस खड्का, आरिफ सेख, विनोद भण्डारी, सन्दीप लामिछाने, करण केसी, अभिनाश बोहरा, कुशल मल्ल, पवन सरार्फ, सन्दीप जोरा, भुवन कार्की, शुशान भारी र किशोर महतो ।

प्रकाशित मिति: ६ फाल्गुन २०७६, मंगलवार १३:०९