कभर खबर

  • ६ फाल्गुन २०७६, मंगलवार २०:१५

कपुरकोटमा २२ बिधाका खेल सुरु हुँदै, रिममा तयारी पुरा

सल्यान– सल्यानको कपुरकोटमा बुधबार देखि २२ बिधाका खेलहरु सुरु हुने भएका छ्न । कपुरकोट गाउंपालिका स्तरिय दोश्रो राष्ट्रपती रनिङशिल्ड प्रतियोगिता अन्तर्गत २२ बिधाका खेलहरु संचालन गर्न लागिएको खेककुद विकास समिती कपुरकोटले जनाएको छ ।

कपुरकोट ५ स्थित जिवनज्योती मा बि रिमको प्रांगनमा दिउँसो १२ बजे प्रतियोगिता उद्घाटनको कार्यक्रम तय भएको खेलकुद विकास समिती कपुरकोटका अध्यक्ष द्रोण केसीले जानकारी दिए । उपराष्ट्रपति चिल्ड्रेन संगै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गरिएको हो ।

भलिवल, एथलेटिक्स, कपर्दी लगाएतका खेलमा १२ वटा बिद्यालयका छात्रा छात्रले भाग लिने अध्यक्ष केसीले जनाए ।खेलको सम्पुर्ण तयारी भएको जनाउदै खेककुद विकास समितिले गाउपालिका राष्ट्रिय महासंघ कर्णाली प्रदेशका अध्यक्ष तथा कपुरकोट गाउपालिकाका प्रमुख भिम बहादुर सेनले उद्घाटन गर्ने जनाएको छ । प्रतियिगिता ३ दिन सम्म संचालन हुने छ । कार्यक्रममा उपस्थित भैदिन खेल प्रेमी, शिक्षा प्रेमी, पत्रकार, सुरक्षाकर्मी, बुद्धिजीवी , व्यापारी, शिक्षक, विद्यार्थी लगाएत सम्पुर्ण गाउंपालिकावासिमा समितिले अनुरोध गरेको छ ।

प्रकाशित मिति: ६ फाल्गुन २०७६, मंगलवार २०:१५