
प्रचण्ड खत्री / रुकुम पश्चिम् ।रुकुम पश्चिम सानिभेरी गाउँपालिकामा सानीभेरी गाउँपालिका स्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड सुरु गरिएको छ । गाउँपालिका भित्रका ११ वटा माध्यमिक तहका विद्यालयहरुको सहभागीता रहेको थियोे रनिङ शिल्डको आइतबार गाउँपालिका अध्यक्ष नरबहादुर पुनले उद्घाटन गर्नुभएको थियोे । सानीभेरी गाउँपालिका शिक्षा यूवा तथा खेलकुद शाखाको आयोजनामा सुरुभएको रनिङ शिल्डमा छात्र/छात्रा दुबै तर्फको भलिबल¸ कबड्डी¸ हाइजम्प¸ लङ्गजम्प¸ त्रिपलजम्प¸ सटफुट र दौडमा ४०० मिटर¸८०० मिटर १५०० मिटर र ३००० मिटरको प्रतियोगिताहरु संचालन गरिएको आयोजकले जनाएको छ । सानिभेरी गाउँपालिका वडा नं ९ सिम्ली स्थित राप्ती ज्ञानोदय माध्यमिक विद्यालयको प्रांङ्गनमा संचालन भइरहेको रनिङ शिल्ड आज समापन हुनेछ ।
प्रकाशित मिति: ७ फाल्गुन २०७६, बुधबार ११:३४