विद्यालय स्तरबाटै खेलाडि उत्पादन गर्न कपुरकोटमा शुरु भयो राष्ट्रपति रनिङ शिल्ड

सल्यान – खेलकुद विकासका लागी प्रतिवद्ध रहेको उल्लेख गर्दै सल्यानको कपुरकोट गाउँपालिकाले बुधबारबाट दोश्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु गरेको छ । गाउँपालिका राष्ट्रिय महासंघ कर्णाली प्रदेशका अध्यक्ष तथा कपुरकोट गाउँपालिका प्रमुख भिम बहादुर सेनले कपुरकोट गाउँपालिका स्तरिय दोश्रो राष्ट्रपति रनिङ शिल्ड तथा उपराष्ट्रपति (चिल्ड्रेन गेम) प्रतियोगिताको उद्घाटन गरे ।
सो अवसरमा उनले विद्यालय स्तरबाट नै खेलाडीहरु उत्पादन गर्ने र उनीहरुको प्रतिभालाई राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय स्तरसम्म उजागर गर्ने उद्देश्यका साथ गाउँपालिकाले विभिन्न खेलकुद प्रतियोगिताको आयोजना गर्दै आइरहेको बताए ।


राष्ट्रपति रनिङ शिल्ड अन्तर्गत एथ्लेटिक्स तर्फ छात्र तथा छात्रको १०० मिटर दौड, २०० मिटर दौड, ४०० मिटर दौड, ८०० मिटर दौड, १५०० मिटर दौड, ३००० मिटर दौड, ४०० मिटर रिले दौड, १६०० मिटर रिले दौड, हाइ जम्प, लङ जम्प, ट्रिपल जम्प, सटफुट, ज्याप्लीङ थ्रो खेलकुद प्रतियोगिता हुने छन् । साथै छात्रछात्राको भलिवल र कपर्दी प्रतियोगिता पनि सञ्चालन गरिने छ । यस्तै उपराष्ट्रपति (चिल्ड्रेन गेम) प्रतियोगिता अन्तर्गत १०० मिटर, २०० मिटर दौड, हाई जम्प, लङ जम्प, ट्रिपल जम्प, सलफुट र कपर्दी प्रतियोगिता सञ्चालन हुने छन् । जीवनज्योती मावि कपुरकोट ५ रीमको खेल मैदानमा संचालन भइरहेको प्रतियोगीता शुक्रबार सम्म चल्ने खेलकुद विकास समितीले जनाएको छ ।


समितीका अध्यक्ष द्रोण केसीको अध्यक्षता तथा कोषाध्यक्ष मित्र कठायतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिरालाल भण्डारी, साहित्यकार तथा समाजसेवी भद्र बुढा, राष्ट्रिय खेलकुद परिषद्का मद्यपश्चिम सदस्य टोपेन्द्र केसी, गापाका प्रवक्ता तथा वडा नं ५ का वडाध्यक्ष यम कुमार वस्नेत, वडा नं १ का वडाध्यक्ष बालाराम खड्का, वडा नं ३ का वडाध्यक्ष मिन ब सेन, ६ का वडाध्यक्ष हेरम बहादुर बुढाथोकी, कार्यपालिका सदस्य कमला विक, शिक्षा शाखा कपुरकोटका प्रमुख कृष्ण भण्डारी, शिक्षक महासंघ कर्णालीका उपमहासचिव बामदेव अधिकारी, शिक्षक महासंघ कपुरकोटका उपाध्यक्ष गिता खड्का, शिक्षक संगठन कपुरकोटका अध्यक्ष पदम खड्का, शिक्षक संघ कपुरकोटका अध्यक्ष रुपलाल यरी, कपुरकोट वहुमुखि क्याम्पसका अध्यक्ष घनश्याम शर्मा, जीवनज्योती माविका अध्यक्ष दुर्गा पुन लगाएतले बोल्दै खेलकुद स्वास्थ्यसँग पनि जोडिएकोले यसलाई प्राथमिकता दिनुपर्ने बताएका थिए । कार्यक्रमको संचालन जीवनज्योती मावि रीमका प्रअ भुपाल साहुले गरेका थिए ।

प्रकाशित मिति: ७ फाल्गुन २०७६, बुधबार २२:०७