कभर खबर

  • ११ फाल्गुन २०७६, आईतवार ११:५५

चौरजहारी नगर प्रमुख कप तथा राष्ट्रपति रनिङ शिल्ड सुरु

प्रचण्ड खत्री
रुकुम पश्चिम – रुकुम पश्चिम चौरजहारी नगरपालिकामा नगर प्रमुख कप तथा राष्ट्रपति रनिङ शिल्ड सुरु भएको छ । वडा न. १० को चिन्नेबगरमा राष्ट्रका लागि खेलकुद , स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नाराका साथ तेस्रो नगर प्रमुख कप तथा १२ औँ राष्ट्रपति रनिङ शिल्ड सुरु गरिएको हो ।

हिमालय माध्यमिक बिद्यालय खोलागाउँको ब्यवस्थापन र चौरजहारी नगरपालिकाको आयोजनामा नगर प्रमुख कप तथा राष्ट्रपति रनिङ शिल्ड सुरु गरिएको नगर प्रमुख विशाल शर्मा बताउनुभयो । यहि १३ गतेसम्म सञ्चालन हुने नगर प्रमुख कप तथा राष्ट्रपति रनिङ शिल्डमा नगरपालिका भित्रका निजि तथा सामुदायिक बिद्यालय गरेर ३५ वटा बिद्यालय सहभागी भएका छन् ।

उक्त कार्यक्रममा मावि स्तरीय छात्र छात्रा भलिबल , कबड्डी , चेस , हाइजम्प , लङ्गजम्प , त्रिप्पलजम्प , ज्यापलिङ थ्रो , दौड , रिले दौड आधारभुत तह अन्तरगत कक्षा ६ देखि ८ सम्म छात्र छात्रा कबड्डी , दौड , रिले दौड , लङजम्प , हाइजम्प र आधारभुत तह कक्षा १ देखि ५ सम्म छात्र छात्रा दौड रिले दौड लगायतका खेलकुद सञ्चालन गरिएको नगर शिक्षा युवा तथा खेलकुद शाखा संयोजक शेरप्रसाद ढकालले बताउनुभयो ।

नगर प्रमुख बिशाल शर्माको अध्यक्षता रहेको कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख राजकुमार शर्माको प्रमुख आथित्यता रहेकोे थियो । १० न. वडा अध्यक्ष धरम बहादुर केसीको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन नगर शिक्षा युवा तथा खेलकुद शाखा संयोजक शेर प्रसाद ढकालले गर्नुभएको थियो ।

प्रकाशित मिति: ११ फाल्गुन २०७६, आईतवार ११:५५