Trending

बार्सिलोना युरोपियन च्याम्पियन्स लिग फुटबलको अन्तिम आठमा प्रवेश

 

स्पेनिस क्लब बार्सिलोना युरोपियन च्याम्पियन्स लिग फुटबलको अन्तिम आठमा प्रवेश गरेको छ । अन्तिम १६ मा इटालियन क्लब नापोलीमाथि एग्रीगेटमा ४–२ को जित निकाल्दै बार्सिलोनाले क्वार्टरफाइनलमा स्थान पक्का गरेको हो । बार्सिलोनाले आइतबार बिहान भएको अन्तिम १६ को दोस्रो लेगको खेलमा घरेलु मैदानमा नापोलीमाथि ३–१ को जित निकालेपछि समग्रमा ४–२ को जितसहित अर्को चरण प्रवेश गर्न सफल भएको हो । पहिलो लेग १–१ को बराबरीमा सकिएको थियो ।

घरेलु मैदान क्याम्प नोउ बार्सिलोनाका लागि खेलको नवौं मिनेटमा डिफेन्डर क्लेमेट लेङलेटले हेडिङ गोल गरेर अग्रता दिलाएका थिए । इभान राकिटिकले हानेको कर्नर किकमा अनमार्क रहेका उनले सहजै गोल गरेका थिए ।

त्यसपछि बार्सिलोनाले खेलको २३औं मिनेटमै अग्रता दोब्बर बनायो । यसपटक कप्तान लिओनल मेस्सीले गोल गरे । उनले बक्स भित्रबाट नापोलीका ३ जना डिफेन्डरको लाइन छिचोल्दै निकै सुन्दर गोल गरेका थिए । त्यसपछि पनि मेस्सीले व्यक्तिगत दोस्रो गोल गरेका थिए । तर, बल नियन्त्रणमा लिनेक्रममा मेस्सीले ह्यान्ड बल गरेको भन्दै सो गोल भिएआरले रद्द गरिदिएको थियो ।

त्यसपछि पहिलो हाफमो इन्जुरी समयमा बार्सिलोनाले पेनाल्टी पायो, जसमा लुइस स्वारेजले गोल गर्दै खेल ३–० बनाए । नापोलीका डिफेन्डरले कप्तान मेस्सीमाथि खराब फउल गरेपछि बार्सिलोनालाई पेनाल्टी दिइएको थियो, जसमा स्वारेजले गोल गरे ।

त्यसपछि पहिलो हाफको थप समयमा पाहुना टोली नापोलीले पेनाल्टी पायो । बार्सिलोनाका राकिटिकले बक्समा फउल गरेपछि पाएको पेनाल्टीमा लोरेन्जो इन्सिग्नेले गोल गर्दै खेललाई पहिलो हाफमा ३–१ मा छोट्याए ।

त्यसपछि दोस्रो हाफमा दुवै टोलीबाट थप गोल नभएपछि खेल बार्सिलोनाले पहिलो हाफकै अग्रता जोगाएर ३–१ ले जित्यो । दोस्रो हाफमा नापोलीले १ गोल गरे पनि सो गोल रद्द भएको थियो । यससँगै अब बार्सिलोनाले अब अन्तिम आठमा जर्मन क्लब बार्यन म्युनिखसँग भिडन्त गर्नेछ ।

  • 33
    Shares

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

यो पनि हेर्नुहोस्

Close
Back to top button
Close