बाँफिकोट गाँउपालिकाकाे ५ नम्बर वडा कार्यालयद्वारा खेलाडीहरू सम्मानित

 प्रचण्ड खत्री / रुकुम पश्चिम ।

रुकुम पश्चिमकाे बाँफिकोट गाँउपालिका वडा नम्बर ५ को वडा कार्यालयले २४ जना खेलाडीलाई सम्मान गरेको छ । उत्कृष्ट खेल खेलेको भन्दै वडाले आफ्ना वडाका २५ जना खेलाडीलाई सम्मान गरेको वडा अध्यक्ष कस्तुप प्रकाश दाहालले जानकारि दिनुभयाे ।

जिल्ला भलिबल संगले आयोजना गरेको भलिबल प्रतियोगितामा बाँफिकोट ५ का खेलाडी दोस्रो भई ३१ हजार नगत र कप हात पारेका थिए । त्यसैको अबसरमा वडाले कार्यक्रमको आयोजना गरि खेलाडी सम्मानित भएका हुन । खेलाडीहरुले वडा कार्यालयलाई कप समेत हस्तान्तरण गरेका छ ।

यो बाँफिकोट बासीको लागि खुसीको कुरा भएको सम्मान कार्यक्रममा जानकारि गराईएको थियो  । महिला खेलाडीबाट ९ जना र पुरुस खेलाडीबाट १४ जना गरि २४ जना खेलाडी सम्मानित भएका वडा सचिब गोपाल डाँगीले बताउनुभयाे । खेलाडीहरूलाइ वडा कार्यालयको तर्फबाट सम्मान पत्र र दोसल्ला उपलब्ध गराई सम्मान गरिएको वडा कार्यालयले जनाएको छ  ।

महिला टिमकी क्याप्टेन बेल कुमारी रिजाल सहित ९ र पुरुस टिमका प्रशिक्षक गोर्ख दाहाल सहित १४ जना समानित भएका हुन । २०७६ सालमा आयोजना गरिएको युद्द पर्यटन तथा मेलगैरी जनबादी सास्कृतिक मेलामा महिला टिम भलिबलमा प्रथम भएको थियो । त्यस्तै २०७६ सालमा १० नम्बर वडाले आयोजना गरिएको प्रथम वडा अध्यक्ष कप खेलकुद प्रतियोगितामा पुरुस टिम दोस्रो र जिल्ला भलिबल संग रुकुम पश्चिमले आयोजना गरिएको भलिबल प्रतियोगितामा दोस्रो भएर आफ्नो कृतिमान राखेको थियो  ।

वडा अध्यक्ष कस्तुप प्रकाश दाहालको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा कार्यपालिका सदस्य झरना शाहीको प्रमुख आतित्यता रहेको थियो भने वडा सदस्य मनिसा बिक , भलिबल टिमका प्रशिक्षक गोर्ख दाहाल लगायतको आतित्यता रहेको थियो भने कार्यक्रमको संचालन वडा सचिब गोपाल डाँगीले गर्नु भएकाे थियाे ।

प्रकाशित मिति: २३ पुष २०७७, बिहीबार १५:४३