पीएम कपमा समूह चरणका अन्तिम खेल आज, आर्मी र एपीएफ तथा पुलिस र प्रदेश २ खेल्दै
कभरखबर डेस्क ।
चौथो संस्करणको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा साेमवार समूह चरणका अन्तिम दुई खेल हुँदैछन् ।समहू ए मा रहेका दुई विभागीय टोली एपीएफ र त्रिभुवन आर्मी क्लबबीच कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा खेल हुनेछ । यस्तै समूह बी मा रहेका नेपाल पुलिस क्लब र प्रदेश २ बीचको खेल मुलपानी क्रिकेट मैदानमा हुनेछ ।
यस समूहको विजेताले सेमिफाइनलमा समूह बी को उपविजेतासंग खेल्नेछ । यस्तै समूह उपविजेताले भने समूह बी को विजेता बनिसकेको बागमती प्रदेशसंग खेल्नेछ ।यस्तै समूह बी बाट बागमति प्रदेश ४ खेलबाट ७ अंक जोड्दै समूह विजेताको रुपमा सेमिफाइनल पुगिसकेको छ । त्यसैले पुलिस र प्रदेश २ बीचको खेलबाट सेमिफाइनल पुग्ने दोस्रो टोलीको टुङ्गो लाग्नेछ ।
प्रदेश २ लाई पराजित गरेमा साविक विजेता समेत रहेको नेपाल पुलिस समूह उपविजेताको रुपमा सेमिफाइनल पुग्नेछ । पहिलो खेलमै बागमतिसंग पराजित भएको पुलिसले सुदूरपश्चिम र लुम्बिनी प्रदेशलाई पराजित गर्दै ३ खेलबाट ४ अंक जोडेको छ ।४ वटै खेल खेलिसकेको लुम्बिनी प्रदेश ५ अंकसहित समूह बी मा दोस्रो स्थानमा छ । यदी प्रदेश २ ले पुलिसविरुद्ध अप्रत्यासित नतिजा निकालेमा भने लुम्बिनी प्रदेश सेमिफाइनल पुग्नेछ ।
- 22Shares