सामुदायीक समुहलाई वकालतिय ज्ञान, सिप विकासका लागि तालिम शुरु

सल्यान, १३ बैशाख ।

वकालतको बारेमा ज्ञान, सिप अभिबृद्धी गर्ने, वकालतका विधि, प्रकृया र पद्धतिको बारेमा जानकार बनाउने उद्देश्यले सल्यानको कपुरकोटमा सामुदायीक समुहलाई तालिम सुरु गरिएको छ । ३ दिन सम्म चल्ने तालिममा रिवर्तित राजनैतिक परिवेश, संवैधानिक अधिकार तथा संघीयताको विषयमा सामुदायीक समुहका सदस्यहरुलाई जानकारी प्रदान गरिने छ ।

सुशासनमा नागरिक सहभागिता कार्यक्रम अन्तर्गत सामुदायिक समुहका सदस्यहरुलाई वकालतीय ज्ञान, सीप अभिवृद्धिका लागि तालिमको आयोजना गरिएको हो । तालिम पश्चात सहभागीहरुले स्थानीय सरकारलाई नागरिक प्रति जवाफदेही, पारदर्शि र उत्तरदायी बनाउन तथा स्थानीय तहमा सुशासन कायम गर्न स्थानीय सरकालाई रचनात्मक सल्लाह सुझाव र खवरदारी गर्ने अपेक्षा गरिएको छ ।

सहभागीहरुले विभिन्न टोल वस्तीमा रहेका समस्या तथा सवालहरु पत्ता लगाएर बृक्ष विश्लेणको माध्यमबाट समस्या तथा सवालको कारण र असर पहिचान गर्नेछन् । पहिचान गरिएका समस्या तथा सवाहरुको सम्बोधनका लागि स्थानीय सरकारले आगामी वर्षका लागि संचालन गर्ने वस्ती स्तरको योजना तर्जूमा गोष्ठी, नागरिक समुह र सामुदायिक समुहको तर्फ बाट पेश गर्नेछन् । तालिमको सहजीकरण सुशासनमा नागरिक सहभागीता कार्यक्रमका जिल्ला संयोजक गुमान सिंह नेपालीले गरिरहेका छन् । सामुदायीक समुहका २० जना बढीको तालिममा सहभागिता छ ।

 

  • 31
    Shares

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

यो पनि हेर्नुहोस्

Close
Back to top button
Close