कभर खवर

  • २८ कार्तिक २०७८, आईतवार ०६:५७

जागृत साकोसको २६औं वार्षिक साधारणसभा सम्पन्न


सल्यान, कात्तिक २८


कार्यक्रममा आर्थिक वर्ष ०७७÷०७८ को वार्षिक प्रगति प्रतिवेदन तथा आगामी प्रस्तावित योजनाहरु सहितको प्रतिवेदन संस्थाका सचिव कल्पना सेजवालले प्रस्तुत गर्नु भएको थियो भने आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष सूर्य वहादुर भण्डारीले प्रस्तुत गर्नु भएको थियो ।
लेखा सुपरिवेक्षण समितिको तर्फवाट संयोजक हेमराज थापाले प्रतिवेदन प्रस्तुत गर्नुभयो भने, ऋण उप समितिको प्रतिवेदन ऋण संयोजक ज्ञान प्रकाश शर्माले प्रस्तुत गर्नुभएको थियो ।


सो अवसरमा संस्थाका संस्थापक सदस्यद्धय भोलानाथ खड्गी र तप्त वहादुर सेजवाललाई सम्मान गरिएको थियो यस्तै संस्थाका जेष्ठ शेयर सदस्यतर्फ उमेर जेष्ठताका आधारमा पुरुष तर्फ शालिक राम नेपाली र महिला तर्फ कृष्णा खड्गी लाई सम्मान गरिएको छ ।


कर्यक्रममा एसईई ०७७ मा उत्कृष्ट अंक प्राप्त गर्ने निजि विद्यालय तर्फवाट यस संस्थाका बाल सदस्यहरु छात्र राकेश भण्डारी र छात्रा निहारीका केसी र सामुदायिक विद्यालय तर्फवाट छात्रा स्वस्तिका थापालाई एसईई ०७७ को प्रमाण पत्र सहित नगद प्रदान गरिएको छ ।


संस्थाले संचालन गरेको सुमित्रा जागृत स्मृति छात्रवृत्ति वापत महेन्द्र रत्न मावि शारदा नगरपालिका– ४ पिपलनेटा सल्यानमा कक्षा ८ मा उत्कृष्ट अंक प्राप्त गर्ने छात्र निर्मल विष्टलाई छात्रवृत्ति वापत नगद प्रदान गरिएको थियो ।


कर्मचारीको तर्फवाट व्यवस्थापक महेश राज रेग्मीलाई यो वर्ष उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरिएको संस्थाका सचिव कल्पना सेजवालले जानकारी दिनुभयो ।यस्तै संस्थाको शेयर सदस्यता लक्षित भन्दा वढि वृद्धि गर्ने संचालक समितिका अध्यक्ष किशोर कुमार हमाल, सचिव कल्पना सेजवाल, सदस्यहरु ओम प्रकाश शर्मा, गोमा रावत शर्मा र कर्मचारीहरु हिरा भण्डारी र अनिता थापालाई सम्मान गरिएको छ ।


कार्यक्रममा जागृत साकोसका उपाध्यक्ष ज्ञान प्रकाश शर्माले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको उद्घाटन सत्र को संचालन संस्थाका सचिव कल्पना सेजवाल र बन्द सत्रको कार्यक्रम सह–सचिव प्रविण कुमार भण्डारीले गर्नुभएको थियो ।कार्यक्रममा सहकर्मी सहकारी संस्थाका प्रतिनिधीहरु,पत्रकार,बुद्धिजिबी लगायत संस्थाका करिव ६ सय ५० जना शेयर सदस्यहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २८ कार्तिक २०७८, आईतवार ०६:५७