देश र जनताको पक्षमा काम गर्नको लागि एमाले बाट विद्रोह गरेका हौंःओली

सल्यान मंसिर ७ गते । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका केन्द्रिय सदस्य देबी ओलीले नेकपा एमालेबाट बिद्रोह गरेर देश र जनताको पक्षमा काम गर्नको लागि पार्टी स्थापना भएको र सोही अनुसार काम गर्ने बताउनुभएको छ ।


नेकपा एकीकृत समाजवादी निकट अखिल नेपाल महिला संघ समाजवादी सल्यानको प्रथम जिल्ला भेलालाई खलंगामा संम्बोदन गर्दै उहाँले एकीकृत समाजवादी नामको मात्रैको नभइ काम गर्ने पार्टी भएको बताउनुभयो ।


कर्णाली प्रदेशसभा सदस्य समेत रहनुभएकी ओलीले आफुहरु फुटेर नभइ बिद्रोह गरेर नयाँ पार्टी स्थापना गरेको बताउनुभयो ।
कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य तथा जिल्ला सहइन्चार्जद्वय धिरेन्द्र बहादुर श्रेष्ठ र भद्रसिंह बुढा, अखिल नेपाल संघ समाजवादीका केन्द्रिय सदस्य धना शाही, पार्टीका जिल्ला उपाध्यक्ष राम खड्की, सचिव रमेश गौतम, प्रदेश कमिटी सदस्य टोप बहादुर थापा, कपुरकोट गाउपालिका उपाध्यक्ष तिला बुढा मगर लगाएतले बोल्नु भएको थियो ।


यस्तै पार्टीका शारदा नगर कमिटी अध्यक्ष हिमेन्द्र बुढाथोकी, बागचौर नगर कमिटी अध्यक्ष प्रेम बहादुर डाँगी, सिद्ध कुमाख गाउँ कमिटी अध्यक्ष चित्र बहादुर चलाउने, छत्रेश्वरी गाउँ कमिटी अध्यक्ष गोविन्द केसी, शारदा नगर सहइन्चार्ज राजेश बिक, मुक्ति संगठनका जिल्ला इन्चार्ज लोक बहादुर बिक, अनेरास्ववियका जिल्ला अध्यक्ष निरज सिंह लगाएले बोल्नुभएको थियो ।

जिल्ला अध्यक्ष बुद्वा केसीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन शान्ता नेपालीले गर्नुभएको थियो ।

प्रकाशित मिति: ७ मंसिर २०७८, मंगलवार २०:२९