अन्तराष्ट्रीय भ्रष्टाचार विरुद्धको दिवसमा सल्यानमा हस्ताक्षर संकलन

सल्यान ।

भ्रष्टाचार विरुद्धको दिवसको यस वर्षको नारा भ्रष्टाचार विरुद्धको सहकार्य, सुशासनका लागि अपरिहार्य भन्ने रहेको छ । 

अन्तराष्ट्रीय भ्रष्टाचार विरुद्धको दिवस सल्यानमा हस्ताक्षर संकलन गरेर सम्पन्न भएको छ । सदरमुकाम खलङ्गाको पुरानो बसपार्क भएको हस्ताक्षर कार्यक्रम दिगो विकासका लागि सुशासन, सुशासनका लागि मेरो प्रतिबद्धता, म भ्रष्टाचार गर्दिन, म भ्रष्टाचार  गर्न दिन्न र सहन्न भन्दै सरोकारवालाहरूले  प्रतिबद्धता सहित हस्ताक्षर गरेका छन् । 

कार्यक्रममा जिल्ला समन्वय समिति सल्यानका उपप्रमुख हरि प्रकाश बुढाथोकी,  प्रमुख जिल्ला अधिकारी लक्ष्मी देवी होमागाई, जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख सुमित खडका, स्थानीय तहका जनप्रतिनिधि, बिभिन्न सरकारी निकायका प्रमुख तथा प्रतिनिधि, सङ्घ संस्थाका प्रमुख तथा प्रतिनिधिको उपस्थितिमा भ्रष्टाचार गर्दिन भन्दै हस्ताक्षर गरेका हुन् । 

कार्यक्रमको सहजीकरण इन्सेक इएलपी परियोजना सहजकर्ता रामचन्द्र रेग्मीले कार्यक्रमबारे जानकारी दिनु भएको थियो ।

प्रकाशित मिति: २३ मंसिर २०७८, बिहीबार २०:०१