सल्यानमा घाइते अवस्थामा उद्धार गरिएको रतुवाको मृत्यु

सल्यानमा घाइते अवस्थामा उद्धार गरिएको रतुवाको मृत्यु भएको छ । जिल्लाको त्रिबेणी गाउँपालिकाको लुहाम बजार नजिकैबाट शनिवार साँझ उद्धार गरिएको भाले रतुवाको मृत्यु भएको हो ।

कुकुरहरुले लेखेटेर घाइते वनाएको अवस्थामा स्थानियले उद्धार गरेको झण्डै २ बर्षको रतुवाको मृत्यु भएको डिभिजन वन कार्यालय सल्यानले जनाएको छ ।

रतुवाको उद्धार गरेर जिल्ला वन कार्यालयको परिसरमा निर्माण गरिएको वन्यजन्तु उद्धार केन्द्रमा राखिएकोमा आइतवार बिहान मरेको कार्यालयले जनाएको छ । पछिल्लो समय जिल्लामा वन्यजन्तुहरुको संरक्षणमा सरोकारवालाहरुले चासो बढाउदैँ लगेका छन् ।

प्रकाशित मिति: २४ माघ २०७८, सोमबार १४:४८