शारदा नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूसंग सीएमसीकाे छलफल

सल्यान ।

सीएमसी नेपालको आयोजनामा सल्यानको शारदा नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरु संग छलफल कार्यक्रम सम्पन्न भएकाे छ ।

बिहिबार सदरमुकाम खलंगामा सम्पन्न भएको कार्यक्रममा शारदा नगरपालिकाका नव निर्वाचित मेयर,उप मेयर तथा वडा अध्यक्षहरुलाइ मानसिक स्वाबलम्बन समुहका अध्यक्ष उत्तरा बिष्टले बधाइ तथा सफलताको शुभकामना दिनुभयो ।

सो अवसरमा सिएमसी नेपाल कर्णाली प्रदेश संयाेजक हिमाल गैरेले परियोजना बारे अभिमुखीकरण गर्नु भएको थियो ।

सिएमसी नेपालद्धारा फेल्मको आर्थिक सहयोग र स्थानीय गाउँ नगरपालिका प्रवासी कामदार तथा उनका परिवारहरुको मानसिक स्वास्थ्य तथा मनोसामाजिक सुस्वास्थ्य प्रवर्धन परियोजना बारे जानकारी दिंदै उहाँले मानसिक स्वास्थ्य संग सम्बन्धित विषयमा जानकारी दिनुभयो ।

कार्यक्रमको अध्यक्षता ग्रहण गर्नु भएका शारदा नगरपालिकाका मेयर प्रकाश भण्डारीले मानसिक स्वास्थ्य सम्बन्धी परियोजनाबाट नगरवासीहरु प्रत्यक्ष लाभान्वित हुने भएकाले नगरले यस विषयमा चासोका साथ कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत, विषयगत शाखा प्रमुख तथा प्रतिनिधि, कल्याणकारी अपाँग सेवा संघ सल्यानका प्रमुख,मानसिक स्वास्थ्य स्वावलम्बन समुहका प्रमुख तथा प्रतिनिधि, वैदेशिक रोजगारीमा गएका परिवारका सदस्य समुहका सदस्य लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: १९ जेष्ठ २०७९, बिहीबार २१:४०