कभर खबर

  • ६ श्रावण २०७९, शुक्रबार २१:२०

दृष्टिबिहिन बालकालिकालाइ सिएमसी नेपालको तर्फबाट ब्रुसर र ब्रेललिपिमा लेखिएका अध्ययन सामाग्री वितरण


सल्यान । साउन ६ गते
सल्यानको शारदा नगरपालिका–१ श्रीनगर स्थित शिवजन मावि सितलपाटीमा अध्यनरत दृष्टिबिहिन बालकालिकालाइ मानिसक स्वास्थ्य तथा परामर्श केन्द्र सिएमसी नेपालको तर्फबाट ब्रुसर र ब्रेललिपिमा लेखिएका अध्ययन सामाग्री वितरण गरिएको छ ।

सिएमसिले ब्रेललिपिमा तयार पारेका मनोसामाजिक परामर्श सम्वन्धि अध्ययन सामाग्री विद्यालयमा कक्षा १० सम्म अध्ययन गर्ने दृष्टिविहिन विद्यार्थि र दृष्टिविहिन शिक्षकलाई वितरण गरिएको हो ।

सो अवसरमा सहभागिहरुलाई सिएमसिको प्रवासी कामदार तथा तिनका परिवारहरूकाे मानिसक स्वास्थ्य तथा मनाेसामाजिक सुस्वास्थ्य परियाेजनाका शारदा नगरपालिकाका मनाेपरामर्श कार्यकरता मिना बुढाथाेकीले परियाेजनाबारे जानकारी समेत गराउनु भएकाे थियाे। दृष्टिविहिन शिक्षक राजेश अर्यालले सो अवसरमा खुसि व्यक्त गर्दै आफुहरुले पढ्ने सामाग्री एकदमै न्यून हुने गरेकोले सिएमसिले दिएको अध्ययन सामाग्रीले मानसिक स्वास्थ्य र मनोसामाजिक परामर्शबारे बुझ्न सजिलो भएको बताउनुभयो ।

यस्तै विद्यालयका सहायक प्रधानाध्यापक शिवलाल थापाले सिएमसिले दृष्टिविहिन विद्यार्थिलाई अध्ययन सामाग्री दिएर राम्रो काम गरेको बताउनुभयो । अरु सामान्य विद्यार्थि भन्दा दृष्टिविहिन बालबालिकाहरु बढि जोखिममा हुने र उनिहलाई मनोसामाजिक परामर्श बढि आवश्यक पर्ने भएकोले पुस्तक उपयोगी हुने बताउनुभयो ।

शिक्षक अर्यालले कुनै निकायले कम्प्युटर उपलव्ध गराएमा आफुले दृष्टिविहिन बालबालिकाहरुलाई कम्प्युटर सिकाउने योजना बनाएको बताउनुभयो । यस विद्यालयमा अहिले कक्षा १ देखी १२ सम्म १७ जनाले अध्यन गरी रहेकाे विद्यालयले जनाएकाे छ ।

प्रकाशित मिति: ६ श्रावण २०७९, शुक्रबार २१:२०