कभर खबर

  • १३ आश्विन २०७९, बिहीबार १९:४६

त्रिवेणी स्वास्थ्य संस्थाको वहिरगमन अभिमत संकलनको नतिजाको सार्वजनिक सुनुवाई

सुशासनमा नागरिक सहभागिता कार्यक्रम अन्तर्गत त्रिवेणी स्वास्थ्य संस्थाको वहिरगमन अभिमत संकलनको नतिजाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।यूरोपियन यूनियनको सहयोग र दलित विकास समाज सल्यानको आयोजनामा संचालित सुशासनमा नागरिक सहभागिता कार्यक्रम अन्तर्गत कार्यक्रम सम्पन्न भएको हो ।
त्रिवेणी स्वास्थ्य संस्थाले दिएको सेवा बाट नागरिहरुको सन्तुष्टिको लागि ६४ जना सेवा ग्राहीको वहिरगमन अभिमत संकलनको नतिजा सार्वजनिक गरिएको थियो । वहिरगमन अभिमत संकलन त्रिवेणी गाउँ पालिका स्तरीय सुशासनका लागि युवा मञ्च र नागरिक सहभागिता केन्द्रका सदस्यहरुले गरेका थिए ।
वहिरगमन अभिमत संकलन नागरिकहरुलाई स्वास्थ्य संस्थाले दिएको सेवाको प्रभावकारीता र गुणस्तरीयता मापन गर्न, स्वास्थ्य संस्था संचालन र ब्यवस्थापन समितिका साथै कर्मचारीहरुलाई जवाफदेही बनाउन र स्वास्थ्य संस्थाबाट उपलब्धहुने सेवालाई प्रभावकारीता गराउने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको थियो ।
वहिरगमन अभिमत संकलनको नतिजा प्रस्तुतिरण पश्चात जनप्रतिनिधि, स्वास्थ्य संस्था संचालन र ब्यवस्थापन समितिका सदस्य तथा पदाधीकारी, कर्मचारी र सेवाग्राहीहरुको विचमा छलफल तथा अन्तक्रिा कार्यक्रम भएको थियो ।
छलफल तथा अन्तक्रिया कार्यक्रम बाट सरोकारवालाहरुले टाढाबाट स्वास्थ्य संस्थामा सेवा लिन आउनेहरुका लागि छिट्टै सामुदायिक स्वास्थ्य इकाई संचालन गर्ने, गाउँघर क्लिनिकमा शौचालय र खानेपानीको ब्यवस्था गर्ने, कर्मचारीहरुका लागि ब्यवहार परिवर्तन र सकारात्मक विभेद सम्बन्धि क्षमता विकास गर्ने, स्वच्छ पिउने पानीको ब्यवसथापन गर्ने, सुचना जानकारी प्रभावकारी रुपमा दिने र स्वास्थ्य संस्थाको सरसफाईमा जोड् दिने जानकारी तथा प्रतिवद्धता गरेका छन् ।
सम्पुर्ण विषयगत शाखाहरुले यसलाई आगामी दिनमा निरन्तरता दिनु पर्छ । नागरिकलाई सरल, सहज, पारदर्शि र जावाफदेहितको साथै गुणस्तरीय र प्रभावकारी सेवा दिनको लागि सहयोग पु¥याई सुशासनलाई प्रवद्र्धन गर्नुका साथै त्रिवेणी गाउँ पालिकालाई सुशासन युक्त गाउँ पालिका बनाउन सहयोग पुग्ने छ ।
दलित विकास समाज सल्यानका अध्यक्ष निम बहादुर नेपालीको अध्यक्षता र त्रिवेणी गाउँपालिकाका अध्यक्ष खिम बहादुर रावतको प्रमुख आतिथ्यतामा कार्यक्रमको संचालन तथा सहजीकरण दलित विकास समाज सल्यानका जिल्ला संयोजक गुमान सिंह नेपालीले गर्नु भएको थियो ।

प्रकाशित मिति: १३ आश्विन २०७९, बिहीबार १९:४६