बनगाडकुपिण्डे नगरपालिकालाइ इन्सेकद्दारा स्वास्थ्य सामाग्री सहयोग

सल्यान ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)कर्णाली प्रदेशद्दारा सल्यानको बनगाड कुपिण्डे नगरपालिकालाइ स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ ।

कोरोना बाट सबै भन्दा बढी प्रभावित जिल्लाको यस पालिकालाइ एक सय पीस सेनिटाइजर,एक हजार पीस सर्जिकल मास्क र १० बक्स लुज ग्लोब हस्तान्तरण गरिएको इन्सेक कर्णाली प्रदेश प्रमुख नारायण सुवेदीले जानकारी दिनुभयो ।

 


स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै प्रदेश संयोजक सुवेदीले कोरोनाको जोखिमपूर्ण अवस्थामा नागरिकको स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै स्थानीय तहले गरिरहेको प्रयासमा थप सहयोग पुगोस भनेर यी स्वास्थ्य सामग्रीहरु उपलब्ध गराइएको बताउनुभयो ।

असार २३ गते नगरपालिका प्रमुख गोविन्द कुमार पुन र उप प्रमुख मन्जु यरीलाइ स्वास्थ्य सामाग्री उपलब्ध गराइएको हो । स्वास्थ्य सामाग्री बुझ्दै नगर प्रमुख गोविन्द कुमार पुनले विपदको यस घडीमा पालिकालाइ सहयोग गर्ने इन्सेकलाइ धन्यवाद व्यक्त गर्नुभएको छ ।

कर्मचारीले आफ्नाे तलबको केही अँशले कोरोना न्युनिकरणमा खेलेको भुमिका प्रशँसायोग्य रहेको बताउँदै उहाँले संघसंस्थाले यसरी गरेको सहयोगले कोरोना रोकथाममा ठुलो टेवा पुर्याउने बताउनु भयो ।

कुनैपनि सहयोग सानो ठुलो नहुने बताउँदै नगर प्रमुख पुनले अप्mठेरो परिस्थितीमा गरेको सानो सहयोगले पनि महत्व राख्ने बताउनु भयो ।

  • 126
    Shares

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

यो पनि हेर्नुहोस्

Close
Back to top button
Close