जन्मदिन मनाउने खर्चले गरीब बालबालिकालाई कापी कलम सहयोग

सामाजिक क्षेत्रमा कृयाशील सुर्खेत पञ्चपुरी नगरपालिका ५ का राजेन्द्र रिमालले जन्मदिनको अवसरमा असहाय बालबालिका लाई सहयोग गरेका छन्। उनले बिद्यालयका बालबालिकाहरुलाइ पढाई सामग्री सहयोग गरेर जन्मदिन मनाएका हुन्। गत कार्तिक २४ गते जन्मदिनको अवसरमा उनले गाउँको गुरुकुलमा पढ्ने बालबालिकालाई सहयोग गर्ने घोषणा गरेका थिए  । सोही अनुसार रिमालले बाबियाचाैरमा रहेकाे शिबधाम गुरुकुल बिद्यालयका बिद्यार्थीलाई बिद्यालयमा पुगेर २ हजार रुपैयाँ बराबरको कपी कलम लगायतको पढाई सामग्री सहयोग गरेका हुन ।

रिमालले साना नानीहरूलाई थोरै भए पनि पठनपाठनमा सजिलो होस् भनेर आफूले सहयोग गरेको बताए । सबैकाे जन्मदिन बर्षमा एकपट हुने गरेकाे र जन्मदिन मनाउने र फजुल खर्च गर्ने गरेका ब्यक्ति हरुलाई पनि प्रेरणा दिनकाे लागि सामाजिक काममा सहयोग गरेकाे उनले बताए ।  संस्कृत भाषाकाे पठनपाठन हुने बिद्यालयमा २० भन्दा बढि बालबालिका अध्ययन गर्ने गरेका छन ।

  • 132
    Shares

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Back to top button
Close