
इन्द्र बुढाथोकी
पौष १७ सल्यान । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल पक्षको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण सम्पन्न भएको छ । प्रशिक्षण कार्यक्रममा बोल्दै प्रमुख अतिथि केन्द्रिय सदस्य तथा कर्णाली प्रदेश सह इन्चार्ज प्रकाश ज्वालाले बनगाड कुपिण्डे नगरपालिकामा ९० प्रतिशत कार्यकर्ता जनता आफ्नो पक्षमा भएको बताउनु भएको बताउनु भएको १० प्रतिशत मात्र अर्को चोइटिएर गएको समुहमा गएको बताउनु भएको छ । सानो समुह जादैमा आफुहरुलाइ कुनै समस्या नपर्ने बताउनु भएको छ । केन्द्र देखि स्थानीय तह सम्म आफ्नो पार्टीको पक्षमा कार्यकर्ता भएको बताउनु भएको छ र जनताको कुनै पनि समस्यामा आफू सधै लागि रहने बताउनु भएको छ । आफुहरुनै सस्थापन पक्ष भएको र अर्को समुहले विभिन्न ठाउँमा कार्यक्रम गर्दा सम्म रुजेको विरालो जस्तो नुन खाएको कुखुरा जस्तो भएर कार्यक्रम गरेको र प्रस्तुत भएको उहाले बताउनु भएको छ । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका ज्वालाले बिभाजनले कसैलाई फाइदा नहुने र बिभाजन गरि चोइटिएर जाने समुहलाइ नै घातक हुने विभिन्न समयमा चोटिएर गएको समुहनै सिधिएको बताउनु भएको छ । केपि वलि समुहले विभिन्न पद प्रलोभन देखाएर मान्छेलाई भ्रम सिर्जना गर्दै गरेर मान्छे आफ्नो पक्षमा लिने गरेर्को त्यसरी धेरै दिन नटिक्ने उहाले बताउनु भएको छ अब सल्यान जिल्लाका सबै स्थानीय तह नेकपाको कब्जामा हुने बताउनु भएको छ । १४ गतेको प्रदेर्शन कार्यक्रमले नै आधिकारिक नेकपा भएको प्रमाणित गरिसकेको र यदि केपि वलिमा नेकपा आधिकारिक हुने भने दुई तिहाइ पुर्याउन समेत चुनौती दिनु भएको छ । प्रधानमन्त्री वलि पश्छ गामी प्रतिकामी भएको समेत उहाले आरोप लगाउनु भएको छ । साथै निर्वाचन आफ्नो पार्टीलाई नै आधिकारिक पार्टी निर्णय गर्ने र अदालत समेत ससद पुन स्थापन गर्ने यदि अदालतले पुन स्थापना नगरेमा आफै ससदको हिउदे अधिबेशन बोलाएर बौहुमत सदस्य बाट प्रधानमन्त्री वलि लाई पद बाट हटाउने बताउनु भएको छ । साथै त्यसो नभएको प्रधानमन्त्री वलिले आफ्नो सासद पद आफै खाएको कारण प्रधानमन्त्री हुन नपाउने समेत बताउनु भएको छ । सुर्य ध्वाजा बाहक भएको र आफुहरु राजनैतिक बैचारिक नीति गत कुरा गर्ने र प्रधानमन्त्री उग्र तानाशाह जनबिरोधी काम गर्दै पुर्व एमाले बिताउने खेलमा लागेको बताउनु भएको छ त्यस्तो अवस्था अन्य नेताहरू आफुहरु तिर आउने समेत बताउनु भएको छ । प्रधानमन्त्री वलिले संविधान विरोधी का गरेर आफ्नो निम्ति आत्मघाती आफ्नो लागि आफै खाल्डो खनेको बताउनु भएको छ । अर्थमन्त्री ज्वालाले विकासको लागि सधै जनताको लागि काम गरेको र आवश्यक पर्ने प्रदेश सरकारले जस्तो सुकै अवस्था जनताका माग सम्बोधन गर्न तयार रहेको बताउनु भएको छ । केन्द्रिय सल्लाहकार सदस्य उमाकान्त शर्माले वर्ग संघर्ष बाट आएको सबिधानको अपहेलित गरेको र त्यसको रक्षाको निम्ति सबै एक ठाउमा आउने पर्ने बताउनु भएको छ । कर्णाली प्रदेश सदस्य तथा जिल्ला सचीव कर्ण बहादुर बुढाथोकीले केपि प्रबिधिका विरुद्धमा लाग्न सबैलाई आग्रह गर्ने भएको छ । त्यसको जनता सामु गएर बिरोध गर्ने पर्ने बताउनु भएको छ । प्रदेश सदस्य किर्ती बहादुर पुन, भिम प्रकाश शर्मा लगाएतले प्रशिक्षण दिनु भएको थियो भने केन्द्रीय समिति, प्रदेश समिति र जिल्ला समितिकोको परिपत्र बाचन जिल्ला सदस्य दिपक यरिले गर्नु भएको कार्यक्रम सभा अध्यक्ष नगर कमिटी अध्यक्ष किर्ती बहादुर रानाको अध्यक्ष भएको कार्यक्रम संचालन नगर सदस्य तुङ्ग बहादुर बिसि र स्वागत मन्तव्य नगर कमिटी सदस्य नरेश बुढाथोकीले गर्नु भएको थियो कार्यक्रम समापन पछि देवस्थल र सल्लीबजारमा प्रदर्शन समेत गरिएको थियो ।
प्रकाशित मिति: १७ पुष २०७७, शुक्रबार १७:५३