
युनियन लाइफ इन्स्योरेन्स कम्पनीद्वारा तीन जना अभिकर्तालाई सम्मान गरिएको छ । चालु आर्थिक बर्षको शुरुवाती महिना साउनमै श्रीनगरशाखाबाट उत्कृष्ठ व्यवसाय गर्ने तीन जना अभिकर्तालाई सम्मान गरिएको हो ।
श्रीनगर सल्यान शाखाद्वारा आयोजित अभिकता आधारतभुत तालिममा उत्कृष्ट व्यववसाय गर्ने जितेन्द्र महर्जन, निरुता डाँगी र यशोदा कुमारी बुढाथोकी रहनुभएको छ । उहाँहरुलाई युनियन लाइफ इन्स्योरेन्स कम्पनी ६ नम्वर प्रदेश उप प्रमुख गोविन्द रेग्मीले सम्मान गर्नु भएको हो ।
कार्यक्रममा अहिले बीमा क्षेत्रमा युनियन लाइफले छोटो समयमै फडको मारेको र त्यो अभिकर्ताहरुकै लगनशिलताले सम्भव भएकोले उहाँहरुको योगदानलाई कम्पनीले उच्च् मुल्याङ्कन गरेको उप प्रमुख रेग्मीले बताउनुभयो । “यहाँहरुको योदानले कम्पनीले उचाई लिइरहेको छ अझै मेहनेत गर्नुस सफलता हासिल गर्नुस,” रेग्मीले भन्नुभयो ।
बीमा क्षेत्र आफनो करियर बनाउने ठाउको रुपमा लिन उहाँले अनुरोध गर्नुभयो । यस क्षेत्रमा लागेर हिनताबोध हैन करियर बनाउने थलोको रुपमा विकास गर्नुपर्ने उहँको जोड थियो । यस्तै तालिममा पुस महिनमा गरेको व्यवसायका आधारमा कम्पनीबाट प्राप्त सामाग्रीहरु समेत अभिकर्तालाइ हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा श्रीनगर शाखा सल्यान अन्तर्गतका अभिकर्ताहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रदेश उप प्रमुख गोविन्द रेग्मी तथा श्रीनगर शाखा प्रमुख रमेश कुमार वलले कार्यक्रमको सहजकरण गर्नुभएको थियो ।
प्रकाशित मिति: १५ माघ २०७७, बिहीबार १५:२३