
इन्द्र बुढाथोकी
सल्यान,२५ माघ । जिल्लाको बनगाड कुपिण्ेड नगरपालिकामा पाँच बर्ष मुनिका बालबालिकको तथ्याङ्क संकलन कार्य शुरु गरिएको छ । बालबालिकाले बाल पोषण भत्ता पाउने भएपछि नगरपालिकाका सवै वडाहरुमा रहेका बालबालिकाको तथ्याङ्क संकलन शुरु गरिएको हो ।
नेपाल सरकारको गत पुस १० गतेको सुचना आनुसार पाँच वर्ष मुनिका बालबालीकालाइ पोषण भत्ता उपलब्ध गराउने निर्णय पछि नगरपालिकाले वडा वडामा तथ्याङ्क संकलन शुरु गरेको नगरपालिकाले जनाएको छ ।
आफ्नो वडा भित्रका अभिभावकहरुलाइ बालबालिकाको जन्मदर्ताको फोटोकोपी एकप्रति, बच्चाको फोटो दुइ प्रति र आमा र बुबाको नागरीकताको फोटोकपि एक एक प्रती सहीत निबेदन दिन सकिने निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रबहादुर रावतले जानकारी दिनुभयो । साथै दुई सन्तान भएकोले मात्र उक्त भत्ता पाउने रावतले बताउनुभयो ।
यस्तै बालबालीकाको ब्यक्तिगत बिवरण एमआइएस प्रणालीबाट प्रविष्टि गर्नुपर्ने भएकोले १५ दिन भित्र वाडा कार्यलयमा निवेदन दिनु पर्ने भएकाले सम्बन्धित सबैलाइ समयमै निवेदन दिन उहाँले आग्रह गर्नु भएको छ ।
यस अघि दलित समुदायका ५ वर्ष मुनिका बालबालिकालाई दिँदै आएबो अब सबै जातजातिका बालबालिकाले बालपोषण भत्ता सरकारले ५ वर्ष मुनिका सबैले पाउने निर्णय गरेको छ । भत्ता बापत प्रति महिना बालपोषणका लागि अभिभावकले ४ सय रुपैयाँ पाउने छन् ।
प्रकाशित मिति: २५ माघ २०७७, आईतवार १६:२०