कभर खबर

  • ११ फाल्गुन २०७७, मंगलवार १२:४८

सामाजिक सञ्जाललाई कस्दै सरकार,यस्ता छन् सामाजिक सञ्जालका फाइदाबेफाइदा

काठमाडौं ।

सरकारले सामाजिक सञ्जालको सञ्चालन र प्रयोगलाई व्यवस्थित गर्न भन्दै सामाजिक सञ्जाल निर्देशिका जारी गर्ने तयारी अन्तिम चरणमा पुर्‍याएको छ । तत्काल कार्यान्वयनमा ल्याउने र सामाजिक सञ्जालको  सत सामाजिक सञ्जालमाथी अ‌‍‍‍‍‍‍‍‍‍‍‌कुश  लगाउने योजनाका साथ सरकार निर्देशिकालाई अन्तिम रुप दिने तयारीमा जुटेको हो ।

निर्देशिका अनुसार यस्ता सामाजिक सञ्जाल नेपालमा सञ्चालन हुनका लागि सूचना प्रविधि विभागमा दर्ता हुनुपर्नेछ । निर्देशिका लागू हुने अघिदेखि सञ्चालनमा रहेका सामाजिक सञ्जाल दर्ता गर्न तीन महिनाको अवधि हुने निर्देशिकामा उल्लेख छ ।

नेपालमा दर्ता नभएका सामाजिक सञ्जालको प्रयोगमा भने नेपाल सरकारले रोक लगाउन सक्ने व्यवस्था गरिएको छ । साथै दर्ता भएका सामाजिक सञ्जालको समेत प्रचलित नेपाल कानून तथा निर्देशिका उल्लंघन गरेको खण्डमा दर्ता स्वतः रद्द हुने प्रावधान राखिएको छ ।

त्यस्तै निर्देशिकाको कार्यान्वयन गर्ने सम्बन्धमा कुनै द्विविधा वा अस्पष्टता भएमा मन्त्रालयले आवश्यक व्याख्या गर्न सक्ने व्यवस्था गरिएको छ ।

सामाजिक सञ्जालका फाइदा
– सूचना आदान प्रदान छिटाछरितो गर्न सकिने,
– घरमै बसेर स्वदेश तथा विदेशमा प्रत्यक्ष सम्पर्क गर्न सकिने,
– महत्वपूर्ण कागजात, फोटो एवं भिडियो तुरुन्तै आदानप्रदान गर्न सकिने,
– कुनै घटना वा खास विषयवस्तुको प्रत्यक्ष प्रसारण गर्न सकिने,
– घरमै बसेर खरिदबिक्री गर्न सकिने,
–आफ्ना विचार भावना राख्न सजिलो हुने,
– सारा विश्वलाई एउटै गाउँँमा ल्याउन सहयोग पुग्ने,
–अध्ययन अनुसन्धान एवं लेखन कार्यमा सघाउ पुग्ने,
– व्यक्ति, परिवार, समुदाय, कार्यालय, व्यापार व्यवसाय सबैले हरेक काममा प्रयोग गर्न सकिने ।

समाजिक सञ्जालका बेफाइदा
– सामाजिक सञ्जालमा बढी समय खर्च गर्ने,
– अरु प्रति नकारात्मक टिकाटिप्णी सेयर गर्ने,
– सामाजलाइ हानी नोक्सानी गर्ने विषयबस्तु बढी शेयर गर्ने,
– अश्लील भिडियो तथा फोटो खिचेर अपलोड गर्ने, सेयर गर्ने,
– नचिनेको व्यक्तिलाई जिस्क्याउने, अर्काको फोटो तथा भिडियोको दुरुपयोग गर्ने,
– समाजिक सञ्जाललाई अध्ययन अनुसन्धानको साधन भन्दा मनोरन्ज

प्रकाशित मिति: ११ फाल्गुन २०७७, मंगलवार १२:४८