कभर खबर

  • २५ फाल्गुन २०७७, मंगलवार ११:५८

कर्णालीमा हराइरहेका तीन जनाको अवस्था अझै अज्ञात, गोताखोरमार्फत् खाेजिने

काठमाण्डाै ।

कर्णाली नदीमा हराइरहेका भनिएका सुकी बडुवाल र उहाँका एक छोरा र छोरीको खोजीका लागि गोताखोरको सहयोग लिइने भएको छ ।

हिजो बेलुका कर्णाली नदी किनारमा सुकीका १५ र १२ वर्षकी छोरी कल्पना र सरिताको शव भेटिएको थियो । तर, सुकीसहित उहाँका ८ वर्षका छोरा ललित र ५ वर्षकी छोरी रजनीको अवस्था अझै अज्ञात छ ।

आमा सुकीसहित पाँचै जनाले कर्णाली नदीमा हामफालेको आशंकामा प्रहरीले खोजी अभियानलाई निरन्तरता दिएको छ ।अहिले स्थानीयबासिन्दाको सहयोगमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले डुंगामार्फत् खोजी गरिरहेका जिल्ला प्रहरी कार्यालय दैलेख डीएसपी अनुपम श्रेष्ठले जानकारी दिनुभयो।

प्रकाशित मिति: २५ फाल्गुन २०७७, मंगलवार ११:५८