आजबाट फेसबुकको १७ वर्ष पूरा

काठमाण्डाै ।

सर्वाघिक चलेको सामाजिक संजाल फेसबुक १७ वर्ष पूरा गरेर १८ बर्षमा प्रवेश गरेको छ । ४ फेब्रुअरी २००४ मा मार्क जुकरबर्ग, एडुआर्डो सेभरिन, डस्टिन मोस्कोवित्ज, क्रिस ह्यूजले लञ्च गरेका थिए ।

द फेसबुक राखिएको फेसबुकलाई हावर्ड यूनिभर्सिटीका विद्यार्थीका लागि बनाइएको थियो ।पछि अमेरिकाका केहि कलेजमा शुरु भयो । फेसबुकको बढ्दो क्रेज देख्दै पेपलका फाउण्डरपीटर थीलले फेसबुकमा ३५५ करोड रुपैयाँको इन्भेष्टमेण्ट गरे ।

२०१२ मा १ अर्ब यूजर्सका साथसाथै यो संसारको सबैभन्दा ठूलो सोसल मिडिया प्लेटफर्म बन्यो ।कम्पनीको हेडक्वार्टर क्यालिफोर्नियाको मेनलो पार्कमा रहेको छ ।

प्रकाशित मिति: २२ माघ २०७७, बिहीबार १२:३७