
धनगढी ।
बैतडी दोगडाकेदारकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या प्रकरणमा पुन: शंका-उपशंका उत्पन्न भएको छ। प्रकरणका अभियुक्त दिनेश भट्ट अदालती प्रक्रिया सकिएर बाल सुधार गृह पुगिसकेका छन्। प्रहरीसँगै अदालतमा समेत ‘मैले नै मारेको’ भनेर बयान दिएका किशोरले अहिले बयान बदलेको उनको परिवारले दाबी गरेका छन्।
प्रारम्भमा छोराले आफ्नै अगाडी भागरथीको बलात्कार र हत्या गरेको सकारेको दाबी गरेका उनका बाबु नै अहिले छोराले दबाबमा आएर बयान दिएको र घटनामा अरुकै संलग्नता रहेको दाबी गर्न थालेका छन्।
‘उसले आफूले हत्या नगरेको बताइरहेको छ,’ दीपकराज भट्टले भने, ‘तर घटना भइरहेको देखेको र उनीहरूले कसैलाई भन्यो भने बुवा र घरपरिवारलाई मारिदिने धम्की दिएपछि अपराध स्वीकारेको रहेछ।’उहाले भन्नुभयाे घटना भएको देखेको र घटनामा संलग्न २ जनामध्ये एक जनालाई चिनेको बताएको दाबी समेत गरे।
‘एक जनालाई चिनेको छु अर्कालाई चिनेको छैन। चिनेको मान्छे गाउँपालिकामा कार्यरत कर्मचारी हो भनिरहेको छ,’ उहाँले भन्नुभयाे, ‘चक्कु देखाउँदै कसैलाई यो कुरा भन्यो भने तिमीलाई पनि मार्छौं, घरपरिवार पनि मार्छौं भनेका रहेछन् त्यसैले उसले अपराध स्वीकारेको हो।’ उहाँले छोराले नाम लिएको व्यक्तिबारे अनुसन्धान हुनुपर्ने माग समेत गरे।
प्रकाशित मिति: १० चैत्र २०७७, मंगलवार १२:४१