भारतले लगायो टिकटकसहित ५९ ओटा चिनियाँ एप्समा प्रतिबन्ध

काठमाडौँ- भारतले कुनै न कुनै रुपमा चीनसँग जोडिएका टिकटकसहित ५९ वटा एपमाथि सोमबारदेखि प्रतिबन्ध लगाएको छ । सोमबार बेलुका एक सूचना जारी गर्दै भारतले यस्तो निर्णय गरेको हो ।

यो निर्णयसँगै विच्याट, युसी ब्राउजर, क्ल्यास अफ किङ्ग जस्ता गेम पनि प्रतिबन्धमा पर्नेछन । भारतको सूचना प्रविधी मन्त्रालयले यी एप्सहरुले भारतको सम्प्रभुता र एकतामा असर पर्ने ठहर गर्दै प्रतिबन्ध लगाएको घोषणा गरेको छ । कतिपय एप्सले प्रयोगकर्ताको गोप्य डेटा पनि संकलन गरिरहेको आरोप भारतले लगाएको छ ।

ImageImage

चीनसँग सीमा विवाद रहेको गलवान क्षेत्रमा चिनियाँ सैनिकसँगको भिडन्तमा २० भारतीय सैनिक मारिएपछि भारत र चीन सम्बन्धमा तीक्तता आइरहेको छ। मोबाइल एपका माध्यमबाट चीनले सूचना संकलन गर्ने भन्दै यिनलाई प्रतिबन्ध लगाउनु पर्ने बहस चलिरहेको थियो।

यी हुन भारतले प्रतिबन्ध लगाएका ५९ ओटा चिनियाँ एप्स :

१.टिकटक
२.एमआई स्टोर
३.एमआई कम्युनिटी
४.विबो
५.विच्याट
६. सेयर ईट
७. क्लास अफ किंङ
८. ड्यु रेकडर
९ युक्याम मेकअप
१०.३६० सेक्युरिटी
११. ड्यु ब्याट्री सेभर
१२. ड्यु ब्राउजर
१३. ड्यु क्लिनर
१४.ड्यु प्राइभेसी
१५. क्लिन मास्टर
१६. क्यास क्लिन
१७. ड्यु एम स्टुडियो
१८. वैडु ट्रान्सलेट
१९.वैडु म्याप
२०. क्युक्यु लञ्चर
२१. क्युक्यु सेक्युरिटी सेन्टर
२२. क्युक्यु प्लेयर
२३. क्युक्यु म्युजिक
२४. क्युक्यु मेल
२५. क्युक्यु न्युज फीड
२६. विसिङ्क
२७.क्युक्यु इन्टरनेशनल
२८. ईएस फाइल एक्सप्लोर
२९. एमआई भिडियो कल–साओमी
३०. प्यारालल् स्पेस
३१. सेल्फी सिटी
३२. मेल मास्टर्स
३३. भल्ट–हाइड
३४. भिगो भिडियो
३५. बिगो लाइभ
३६. यूसी न्युज
३७. यूसी ब्राउजर
३८. ब्युटी प्लस
३९. सेन्डर
४०. क्लब फ्याक्ट्री
४१. हेलो
४२. लाइक
४३. क्वाई
४४.रोमवे
४५ सेइन
४६. न्युजडग
४७. वन्डर क्यामेरा
४८. फोटो वन्डर
४९. एपस ब्राउजर
५०.भिभा भिडियो–क्यु भिडियो इंक
५१. पर्फेक्ट क्रप
५२.सीएम ब्राउजर
५३. भाइरस क्लिनर (हाई सेक्युरीटी ल्याब)
५४.युक्याम मेकर
५५. मोबाइल लेजेन्ड
५६. भी फ्लाई स्ट्याटस भिडियो
५७.यु भिडियो
५८.भीमेट
५९. स्विट सेल्फी

प्रकाशित मिति: १६ असार २०७७, मंगलवार १०:५४