सल्यानकाे राइरादेखि सल्लीबजार सम्म भेरीनदीमा र्याप्टीङ्ग सरर

इन्द्र बुढाथोकी
सल्यान – भेरी नदिमा जलयात्रा सम्भाव्यता अध्यन गरिएको छ । बनगाड कुपिण्डे नगरपालीकाको वडा न २ राइराबाट भेरी नदिमा नगरपालिकाकै वडा न १ सल्लीबजार अम्रासम्म शनिबार जल यात्रा र्‍याफि्टङ परिक्षण गरिएको हो । कर्णाली र्याप्टीङ्ग एडभेन्चर प्रालीले २ वटा र्याप्टीङ्ग वोटमा २० जना यात्रु वोकेरे भेरी नदिमा जलयात्राको परिक्षण गरेको छ ।

साथै नगरको उक्त क्षेत्र भेरी नदि किनारमा होमस्टे र कटेजहरुको खोल्नको लागि स्थान अध्ययन पनि गरिएको छ । पर्यटनसँगै निक्कै महत्व वोकेको भेरी नदिमा र्याप्टीङ्ग झनै पर्यटकहरुका लागि राम्रो गन्तव्य मानिन्छ । बनगाड कुपिण्डे नगरपालीकाको पहलमा र्‍याफि्टङ जल यात्राको लागि शनिबार उक्त ठाउँमा र्‍याफि्टङ परिक्षण गरिएको हो ।

बनगाड कुपिण्डे नगरपालिका नगर उप प्रमुख मञ्जु यरी, नेकपा नगर अध्यक्ष किर्ती बहादुर राना, सचीव गन्जमान बुढा लगाएत नगरपालिका कर्मचारी, व्यापारी, समाजसेवी र पर्यटन व्यवसायी, लगाएतको टोलिले भेरी नदिमा र्याप्टीङ्गको परिक्षण गरेको हो । जल यात्राको लागि जोखिम वहन कम गर्ने साधान हेलमेट ,प्याडल र ज्याकेट लगाएको टोलि भेरी नदिमा र्याप्टीङ्ग गरिरहेको दृश्य भेरी नदि किनारका स्थानीयले रमाईलो गरि हेरीरहेका थिए ।

नगरको पर्यटन प्रवद्धनसँग जोडिएको भेरी नदिमा र्याप्टीङ्ग अत्यन्तै सम्भावना वोकेको व्यवसायका रुपमा चिनिएको छ । भेरी नदिमा पर्यटन प्रवद्धनको लागि र्याप्टीङ्ग नगरको अर्को आय स्रोतका रुपमा लिन सकिने नगरपालीकाको भनाई छ ।
सानी भेरी / ठुली भेरी टोलीले जलयात्रा सम्भाव्यता अध्ययन कर्णाली र्याप्टीङ्ग एडभेन्चर प्रालीले आयोजनामा जलयात्रा सन्चालन गरिएको थियो । यात्रामा सहभागी नेकपा नगर अध्यक्ष किर्ती बहादुर रानाले यसलाई अब पर्यटन सङ्गजोड्नु पर्नेमा जोड दिएका छन । यसमा पर्यटन व्यवसाय संगै दैनिक सन्चालन गर्नु पर्ने सुझाव दिएका छन ।

गगन राजी , मानव सोनाहा, टिकाराम देवकोटा, धनसरी राजी, दिपक यरि, शकर यरि, बल बहादुर राजी र कालुराम चौधरी लगाएतले रिवर गाइड सन्चालन गरेको थिए । नगरले योजना वनाई यो कामलाई पनि प्राथामिकतामा राखेको छ । बनगाड कुपिण्डे नगरको क्षेत्र भित्र भेरी नदिमा यो व्यवसायी फस्टाउने पर्यटन व्यवसायी देवराम जैसीको भनाई छ ।

नगरले यो क्षेत्रमा योजना वनाई काम गरे फाईदा हुने जनाएको छ । पहिलो चरणमा बिहिवार नगरको भेरी पुल देखि सिमाना रैकर धारापानी सम्मको र्याप्टीङ्ग परिक्षण गरिएको आज पुन दोश्रो चरणमा राइरा देखि अम्रा सम्मको र्‍याफि्टङ अध्यन अवलोकन गरिएको छ ।

प्रकाशित मिति: १ चैत्र २०७६, शनिबार २१:०६