सुन्दर रूकुमका कुरा, जहाँ छन् ५२ पोखरी र ५३ टाकुरा (हेर्नुहाेस् १२ तस्विर)

प्रचण्ड खत्री

रुकुम पश्चिम् – सिङ्गो रुकुमलाई ५२ पोखरी ५३ टाकुरी भनेर चिनिन्छ । २०७३ सालमा नेपाललाई उपमहानगरपालिका , महानगरपालिका , नगरपालिका र गाउँपालिकामा परिणत भएको थियो । स्थानीय तह बनेपछी सिङ्गो रुकुमलाई २ वटा जिल्लामा बर्गिकरण गरिएकाेे छ । जसलाइ रुकुम पुर्ब र रुकुम पश्चिम रुपमा बर्गिकरण गरियाे ।

रूकुम पुर्बमा अहिले सिस्ने गाउँपालिका , भुमे गाउँपालिका र पुथाउत्तर गरि ३ स्थानीय तह रहेका छ्न भने रुकुम पश्चिममा बाफिकोट गाउँपालिका , त्रिबेणि गाउँपालिका , सानिभेरी गाउँपालिका , आठबिसकोट नगरपालिका , चौरजहारी नगरपालिका , र मुसिकोट नगरपालिका गरि ६ स्थानिय तह छ्न ।

रुकुम पश्चिममा पर्यटनको हिसाबले हेर्ने हो भने आसालाग्दा ठाउँहरु छ्न । मुसिकोट नगरपालिकाको डिग्रेमन्दिर , बाफिकोट गाउँपालिकाको स्यार्पुताल , चौरजहारी नगरपालिकाको चौरजहारी फाट , आठबिसकोट नगरपालिकाको कालिका मन्दिर , नौधारी , सानिभेरी गाउँपालिकाको मौराखारा लेख , बाफिकोटको बुरालमस्ट मन्दिर , मेलगैरी र मुसिकोट नगरपालिकाको मुसिकोट डाडा रुकुम पश्चिमका पर्यटकिय स्थल हुन ।

त्यस्तै रुकुम पुर्बमा सिस्ने गाउँपालिकाको सिस्ने हिमाल , कमलताल , गुप्ता दह , रुकुम पुर्बका पर्यटकिय स्थल हुन । पर्यटन ब्यबसायी मान बहादुर खत्रीका अनुसार सिस्ने हिमालको उचाई ५९११ रहेको छ ।

यी दुबै जिलाका पर्यटकीय स्थललाई संरक्षण गर्ने हो भने पर्यटकहरुको आवागमनमा वृद्धि हुने संभावना देखिन्छ । पर्यटनको हिसाबले हेर्ने हो भने दुबै जिल्लाका पर्यटक स्थललाई स्थानिय तहले संरक्षणमा ध्यानदिनुपर्ने पर्यटन ब्यबसाही मान बहादुर खत्रीले बताउनुभयो ।

पर्यटकको आवागमनमा वृद्धि गर्ने हो भने १ जिल्लाबाट अर्को जिल्लामा , १ गाउँपालिकाबाट अर्को गाउँपालिकासम्म , १ वडाबाट अर्को वडासम्म पर्यटकहरुलाई जानको निम्ति आबस्यकता पर्दछ । कुनै ठाउँमा सडक सन्जालमा जोडिएका छ भने कतै जोडिन बाकी छ्न । सबै स्थानिय तहहरु गाउँपालिकाको कार्यलयदेखी वडा कार्यलयसम्म सडक सन्जालमा जोडिएका छ्न ।

डिग्रेमन्दिरमा मंसिर महिनाको यकादसीदेखि पन्चमीसम्म ठूलो मेला लाग्दछ । मेला हेर्न रुकुम पुर्ब , जाजरकोट , सुर्खेत ,दैलेख , बाके , बर्दिया , दाङ , सल्यान , प्युठान लगायतका जिल्लाबाट मेला हेर्न दर्शन आउने गरेको मन्दिर ब्यबस्थापन समितीका अध्यक्ष लाल बहादुर के सि ले बताउनुभयाे।

त्यस्तै स्यार्पुको छेउमा २ बर्ष स्यार्पु पर्यटन महोत्सव लगायर यहाँ महोत्सव हेर्न देश बिदेशबाट पर्यटकहरु महोत्सव हेर्न आएका थिए । त्यस बर्षदेखि स्यार्पुतालमा ताल हेर्न पर्यटन आवागमन बडेको छ । त्यस बर्षदेखि नै प्रतेक बर्ष असोज ११ देखि १५ गत्तेसम्म स्यार्पु पर्यटन मेला लगाउदै आएका छ्न । ताल हेर्न आएका पर्यटकका निम्ति तालको छेउमै होम स्टेय पनि निर्माण गरिएको छ ।

सानिभेरी गाउँपालिकाले पनि आफ्नो गाउँपालिकामा पर्यटकलाई भित्र्याउनको निम्ति मौराखरा गुरिल्ला म्याराथुन नामक दौड प्रतियोगिता गर्दै आएको छ ।

त्यस्तै रुकुम पुर्बको पाटनमा बैशाख महिनादेखि यार्सागुम्बा खुल्ने गर्दछ्न । अहिले बिश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारणले यसपटक यार्सागुम्बा संकलणमा रोग लगायको छ ।

रुकुम पश्चिम् / रुकुम पुर्बमा पर्यटकका निम्ति हेर्न लायक ठाउँहरु धेरै छ्न र पर्यटनको सम्भावना पनि निकै महत्त्वपूर्ण छ । आ-आफ्नो पर्यटक स्थललाई स्थानिय तहले जगेर्ना गरेपछी यसको परिणाम स्थानीय तहकै देखिन्छ । पर्यटकलाई भित्र्याउन स्थानिय तहले स्थानीय मुखि कार्यक्रम जरुरी देखिन्छ ।

तस्विर : केशव विसी

प्रकाशित मिति: २ जेष्ठ २०७७, शुक्रबार १४:५२