यसवर्ष लागेन आपखोली नजिकै लाग्ने स्यानिपिपली मेला

इन्द्र बुढाथोकी
सल्यान – सल्यानको पश्चिम बनगाड कुपिण्डे नगरपालिकाको वडा न १ र ६ को सिमान आपखोलीमा आज वर्ष  स्यानिपिप्ली मेला लागेन ।
कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागी सरकारले जारी गरेको लकडाउन र यसबाट बच्नको लागी भिडभाडमा नजाने उत्तम उपाय भएकाले समेत यस बर्षको मेला नलागेकाे हाे ।
हरेक बर्ष कृष्णनवमीका दिन लाग्ने यस मेला विशेष गरि छेलो हान्ने मेलाका रुपमा परिचित छ । वढ्दै गएको कोरोना महामारीले विकराल रुप लिनसक्ने सम्भावनालाई मध्यनजर गर्दै यस बर्ष भने मेला नलागेकाे स्थानियले बताएका छन् ।

स्यानपिपलीमा छेलो हान्ने र भलिबलको आयोजना गरिने र विभिन्न ठाउबाट मानिसहरु आउने गरेका थिए । पछिल्लो समय स्यानीपिप्ली मेला छेलो हान्ने र विजेतालाई विशेष पुरस्कारको व्यवस्था समेत गरिएको थियाे । मेला नलाग्दा नरमाइलाे लागेकाे भएपनी राेगबाट सुरक्षीत हुनलाइ याे उत्तम काम भएकाे स्थानियले बताएका छन् ।

  • 29
    Shares

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Back to top button
Close