सल्यानका चर्चित पाँच पर्यटकिय स्थलमा यसरी हुँदैछ विकास

वन कार्यालयद्धारा डेढ कराेड खर्चेर पुर्वाधार विकास र स्तराेन्नती

सल्यान – सल्यानका महत्वपुर्ण पाँच पर्यटकिय क्षेत्रमा पुर्वाधारको विकास भएको छ । डिविजन वन कार्यालय सल्यानले जिल्लाका पाँच महत्वपुर्ण धार्मिक तथा पर्यटिकय क्षेत्रमा पुर्वाधार निर्माण तथा स्तरोन्नती गरेको हो । वन कार्यालयले कुपिण्डेतालमा पुर्वाधार विकास, छत्रेश्वरी, लक्ष्मीपुर र खैरावांगमा पुर्वाधार निर्माण र स्तारोन्नती तथा लेखपोखराको साततले चाँदनी गुफा सिँढी निर्माण गरेको हो । कार्यालयले यि सवै योजनामा डेढ करोड रकम खर्च गरेको डिविजन वन कार्यालय सल्यानका प्रमुख रमेश गिरीले बताउनुभयो ।

लेखपाेखराकाे चाँदनी साततले गुफामा निर्माण गरिएकाे गेट

कार्यक्रम अनुसार कुपिण्डे तालमा ग्याविन वक्स स्थापना र वृक्षारोपन गरिएको छ । जसको लागी ४० लाख रकम खर्च गरिएको छ । वरिपरीका खोलाबाट वग्ने माटोले ताल पुरिनबाट रोक्नको लागी र माटो तालमा आउनबाट रोक्नको लागी ग्याविन वक्स स्थापना र वृक्षारोपन गरिएको कार्यालयले जनाएको छ ।

लक्ष्मीपुरमा निर्माण गरिएकाे गेट

यस्तै यस क्षेत्रकै धार्मिक पर्यटकिय स्थल खैरावांगमा गेट निर्माण र पक्की फाउण्डेन सहितको मन्दिर परिसर वरिपरी तार जालीकाे  घेरबार निर्माण गरिएको छ । जसबाट मन्दिरमा पुजाआजा व्यवस्थीत हुनेछ । त्यसको लागी ४० लाख रकम खर्च गरिएको छ ।

लक्ष्मीपुरमा निर्माण गरिएकाे मेसिनरी वाल

त्यस्तै छत्रेश्वरी मन्दिरमा धर्मशाला निर्माण तथा अन्य संंरचनाहरुको स्तरोन्नती गरिएको छ । त्यसको लागी ३० लाख खर्च भएको छ । धर्मशाला निर्माणले मन्दिरमा पुग्ने भक्तजनलाई बस्न तथा पुजाआजा गर्न सहज हुने डिविजन वन कार्यालय सल्यानका सुचना अधिकारी मनोज शर्माले बताउनुभयो ।

लक्ष्मीपुरका निर्माण गरिएकाे प्रतिक्षालय

यस्तै सतिदेवीको करंग पतन भएको विश्वास गरिने लक्ष्मीपुरमा गेट, मेसिनरी वाल, पक्की नाली र प्रतिक्षालय निर्माण गरिएको छ । सो कामको लागी २० लाख रकम खर्च गरिएको छ । यस्तै लेखरोखरामा रहेको साततले चाँदनी गुफामा सिँढी निर्माण गरिएको छ । यस्तै गुफामा प्रतिक्षालय र पक्की गेट समेत निर्माण भएको सुचना अधिकृत शर्माले बताउनुभयो । जसमा २० लाख रकम लगानी गरिएको छ ।

छत्रेश्वरीमा निर्माण गरिएकाे धर्मशाला

जिल्लाका महत्वपुर्ण सम्पदाहरुको संरक्षण, पर्यटन प्रवद्र्धन गर्न र वन संरक्षणको लागी यस्तो काम गरिएको कार्यालय प्रमुख गिरीले बताउनुभयो । महत्वपुर्ण स्थलहरुमा पुर्वाधारको विकास सँगै त्यहाँ पुग्ने पर्यटकहरुलाई सहज हुने विश्वास कार्यालयले लिएको छ । यो कामलाई आगामी वर्षमा समेत निरन्तरता दिइने कार्यालयले जनाएको छ । डिविजन वन कार्यालयले आर्थिक वर्ष ०७६।०७७ को कार्यक्रम अनुसार उक्त काम गरेको हो ।

खैरावाङमा निर्माण गरिएकाे पक्की फाउण्डेन सहितको मन्दिर परिसर वरिपरीकाे तारजालीकाे  घेरबार
कुपिण्डे ताल छेउमा बनाइएकाे ग्याविन वक्स अवलाेकन गर्दै जिल्ला समन्वय प्रमुख केश बहादुर विष्ट ।
छत्रेश्वरीमा बनाइएकाे धर्मशाला

 

खैरावङमा निर्माणाधिन गेट अवलाेकन गर्दै डिविजन वन  कार्यालय सल्यानकाे टाेलि

  • 132
    Shares

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

यो पनि हेर्नुहोस्

Close
Back to top button
Close