खैराँबाग आसपासको क्षेत्रलाइ कर्णालीका अन्य पर्यटकीय स्थल संग जोड्दै पर्यटन प्वाइन्ट प्याकेज बनाउने तैयारी

सल्यान ।
जिल्लाको धार्मिक पर्यटकीय स्थल खैराबाँग आसपासको क्षेत्रलाइ कर्णालीका अन्य पर्यटकीय स्थल संग जोड्दै पर्यटन प्वाइन प्याकेज बनाउने तैयारी गरिएको छ ।
सल्यानको शारदा नगरपालिका वडा नम्बर ११ मा रहेको खैराबाँग मन्दिरबाट करिब तीनसय मीटरको उचाइमा रहेको पर्यटकीय स्थल सानागढी,ठुलागढी र प्राकृतिक सौन्दर्यले भरिपुर्ण देउरालीलाइ जिल्लाका अन्य पर्यटकीय स्थल तथा कर्णालीका पर्यटकीय स्थल संग जोड्दै पर्यटन प्वाइन्ट प्याकेज बनाउने तैयारी गरिएको कर्णाली एंगल भिजिट प्रालीका व्यवस्थापक बल बहादुर गिरीले जानकारी दिनुभयो ।


पर्यटनको राम्रो सम्भावना रहेको यस क्षेत्रमा जिल्लाका अन्य पर्यटकीय स्थल कुपिण्डे ताल, कुमाखको लेख,चाँदनी साततले गुफा, लगायत कर्णालीका पर्यटकीय स्थल संग जोडेर प्याकेज बनाउन सहज हुने भएकाले सोमवार सोस्थानको भ्रमण अवलोकन गरिएको व्यवस्थापक गिरीले बताउनु भयो ।यस कार्यले कर्णाली प्रदेशका २० जान लाइसेन्स प्राप्त ट्रयाकिंग गाइडहरु काम गर्न सहज हुने उहाँले बताउनु भयो ।
सानागढी र ठुलागढीमा वरीपरी किल्ला जस्तो घेरिएको संरचना हेर्न सकिन्छ, ऐतिहासिक तथा धार्मिक महत्वका साथ यस स्थानलाइ पनि जगेर्न गर्न सके जिल्लाका अन्य गन्तव्यस्थान संग जोडेर पर्यटक भित्र्याउन सकिने राम्रो गन्तव्यका रुपमा विकास गर्न सकिन्छ ।


भ्रमण अवलोकनमा रहेका जिल्ला वन डिभिजन कार्यालयका प्रमुख रमेश गिरीले यस स्थानमा खैराबाँग भुवनेश्वरी मन्दिरबाट ठुलागढीसम्म पुग्नका लागी पैदल पदमार्ग निर्माण गर्नु पर्ने आवश्यकता रहेको, ठुला गढीमा स्थानीयले पुजा गर्ने भएको हुँदा मन्दिर निर्माण गर्नुपर्ने, पैदल यात्रुलाइ ठाउँठाउँमा टहरा बनाउने र त्यहाँ पानीको व्यवस्था गर्नसके पर्यटकीय गन्तव्यको राम्रो सम्भावना रहेको बताउनु भयो ।
यस्का लागी स्थानीय सरकार, प्रदेश सरकारसंग समन्वय गर्न र पुरातत्व विभागले यस्को उत्खनन र यहाँको ऐतिहासिक महत्वलाइ उजागर गर्न सके र यस्को प्रचारप्रसार गर्न सके पर्यटक भित्र्याउन सकिने बताउनुभयो ।
खैराबाँग मन्दिरबाट करिब आधा घण्टाको दुरीमा रहेको यो पर्यटकीय,धार्मिक र ऐतिहासिक हिसाबले हेरिने गरिएको स्थानीयको भनाइ छ । स्थानीय दिपक शर्माले छत्रेश्वरी र शारदा नगरपालिकाका केही वडाका स्थानीयले हरेक वर्ष यस स्थानमा शिद्द पुजा गर्ने गरेको र विशेष गरि खडेरी परेको समयमा यस स्थानमा पुजा गरेपछि पानी पर्ने विश्वासका साथ पुजापाठ गर्ने गरेको बताउनु भयो ।


शारदा नगरपालिका प्रमुख सुरेश अधिकारीले पहिलो कार्यपालिकाको बैठकबाट यस पर्यटकीय स्थललाइ नामाकरण गर्ने,र प्रदेश सरकार संगको सहकार्यमा विकास निर्माणका कार्य अगाडी बढाउने प्रतिबद्दता व्यक्त गर्नुभयो ।
उहाँले खैराबाँग मन्दिर दर्शन गर्न आउने दर्शनार्थीहरुले यस स्थानको समेत अवलोकन गर्न सक्ने भएकाले यहाँको विकासका लागी नगरपालिकाले समेत केही बजेटको व्यवस्था गर्ने बताउनु भयो ।
साना गढी,ठुलागढी र देउराली भन्ने स्थानमा पुगेर पुनः खैराबाँग फर्किएर आ आप्mनो गन्तव्य स्थानमा पुग्न सकिन्छ । ठुलागढीबाट मनोरम दृष्यावलोकन गर्न सकिने हुँदा आनन्दको अनुभुति पर्यटकहरुले गर्ने छन् मेयर अधिकारीले भन्नुभयो ।


सोमवार सोस्थानमा पर्यटन व्यवयसायी,जनप्रतिनिधि,जिल्ला वन कार्यालयका प्रमुख, पत्रकार र स्थानीयवासीहरुले भ्रमण अवलोकन गरेका छन् । पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सके यस क्षेत्रमा राम्रो पर्यटकीय संभावना रहेको सरोकारवालाले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

यो पनि हेर्नुहोस्

Close
Back to top button
Close