उपचार अभावमा दिदीबहिनीले ज्यान गुमाए

दाङ – दाङमा एकै घरका दिदीबहिनीको मृत्यु भएको छ। राजपुर गाउँपालिका–६ निवासी प्रेम बुढाका १३ वर्षीया छोरी बिनिता र ११ वर्षीया छोरी रीता बुढाको आइतबार मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख राजकुमार भट्टले जानकारी दिए।

पखाला लागेपछि दुई दिदीबहिनीलाई उपचारका लागि खांग्राको सामुदायिक स्वास्थ्य इकाइ पुर्‍याइएको थियो। नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत खांग्रा नाका पर्छ।

उपचारका लागि भारतीय अस्पताल लैजान खोजिए पनि सीमानाका सिल गरिएको थियो। लमही ल्याउन भौगोलिक विकटता रहेकाले उनीहरुकाे उपचार अभावमा मृत्यु भएकाे हाे।

 

  • 1
    Share

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

Back to top button
Close