बुटवललाई पराजित गर्दै बिराटनगर पिपिएलको फाइनलमा

इलिमीनेटरमा बुटवल ब्लास्टर्सलाई २१ रनले पराजित गर्दै बिराटनगर टाईटन्स पोखरा प्रिमियर लिगको फाइनलमा पुगेको छ। शनिवार हुने फाइनलमा बिराटनगरले चितवन राइनोजको सामना गर्नेछ।

पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा बिहिबार सम्पन्न खेलमा बिराटनगरले दिएको १६६ रनको लक्ष्य पछ्याउने क्रममा बुटवलले २० ओभरमा १४४ रनमा सम्पूर्ण विकेट गुमाएको हो।

लक्ष्य पछ्याउने क्रममा बुटवलको लागि भिम शार्कीले सर्वाधिक ४४ तथा अफ्ताबुद्दीन एहमदले ४३ रन बनाएता पी अन्य ब्याट्सम्यानले साथ दिन नसक्दा टिम पराजित हुन पुग्यो। पुरन बिकले १५ तथा शिभम सिंहले १४ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

बुटवल ब्लास्टर्सको ब्लैंगमा हर्ष टोन्कले सर्वाधिक २ तथा ललित भण्डारी र अविनाश बोहराले १/१ विकेट लिए। सोमपाल कामि विकेट विहिन रहंदा ३ ओभरमा २२ रन खर्चिए। यस्तै ललितले ४ ओभरमा ३७ तथा अविनाशले ४ ओभरमा ३९ रन खर्चिए।

लिग चरणमा बिराटनगर अंकतालिकामा तेश्रो स्थानमा रहँदै इलिमिनेटर पुगेको थियो।

प्रकाशित मिति: १० पुष २०७६, बिहीबार १८:३०