महिला सहयात्राद्धरा कर्जा विमा मार्फत ऋण मिनाहा

इन्द्र बुढाथोकी / सल्यान ।

महिला सहयात्रा लघु वित वितिय सस्था अम्रा शाखाले कर्जा विमा मार्फतको ऋण मिनाहा गरेको छ । समुहमा बसेका ऋणिहरुका सरक्षकहरुको कुनै कारणले मृत्यु भएमा त्यसको कर्जा बिमा मार्फत ऋण मिनाहा गरिएको शाखा प्रमुख डिल्लीराज बुढाथोकीले बताउनु भएको छ ।

शुक्रवार एक कार्यक्रम बीच बनगाड कुपिण्डे नगरपालिका नगर प्रमुख गोविन्द कुमार पुन र शाखा प्रमुख बुढाथोकीले सयुक्त रुपमा समुहका सदस्यका श्रीमान तथा संरक्षकहरुको मृत्यु भएका कारण उक्त रकम हस्तान्तरण गरिएको छ । केन्द्र न ८ का सदस्य पबित्रा भडेल श्रेष्ठका श्रीमान शैलेन्द्र दास श्रेष्ठ कोरोना कारण मृत्यु भएकोले उहाको ३ लाख रकम मिनाहा भएको छ ।

कर्जा विमा मार्फत ऋण मिनाहा गर्नुको साथै किस्ता बापतको जम्मा गरिएको ४५ हजार ५ सय रुपैया फिर्ता गरिएको छ । त्यस्तै केन्द्र न २ का सदस्य निता श्रेष्ठ श्रीमान शालीग्राम श्रेष्ठको कालगतिले मृत्यु भएको हुदा उहाको ३ लाख ऋण कर्जा बिमा मार्फत मिनाहा भएको छ भने किस्ता बापत जम्मा गरेको १ लाख ७८ हजार रुपैया समेत फिर्ता दिएको छ । भने केन्द्र न ३३ को पुर्णकला बुढाको श्रीमान डिल्ली बुढाको कोरोनाका कारण मृत्यु भएको हुदा उहाको २० हजार रकम कर्जा बिमा मार्फत मिनाहा भएको छ । उहाको किस्ता बापतको ५ हजार रुपैया रकम समेत फिर्ता गरिएको छ । उहाँ सबै बनगाड कुपिण्डे नगरपालिका वडा न १ सल्लीबजार निवासी हुनु हुन्छ ।

ऋण लिए बापतको गरेको बिमाले उक्त रकम मिनाहा गरेकोले आफुहरुलाइ असाध्य खुसी लागेको थोरै भए पनि राहत महशुल भएको पबित्रा भडेल श्रेष्ठले बताउनु भएको छ । कोरोनाका कारण श्रीमानको अकालमा मृत्यु भयो त्यसमा थोरै भएपनी उपचार गर्नेको लागि ल्याएको ऋण बिमा मार्फत मिनाहा भएको र किस्ता तिरेको रकम समेत फिर्ता पाएकोमा सस्था प्रती धेरै खुसी भएको निता श्रेष्ठले बताउनु भएको छ उहाले श्रीमानको उपचारको लागि धेरै ठाउँमा गए पनि बिरामी छ भन्दै ऋण नदिएको तर महिला सहयात्राले दिएका कारण थोरै भए पनि दुखमा सारथि बनेको उहाको भनाइ रहेको छ । उक्त कार्यक्रममा बोल्दै नगर प्रमुख गोविन्द कुमार पुनले दुखमा परेकोलाई थोरै भए पनि सहयोग गरेकोमा धन्यवाद दिदै यस्तो गर्ने सस्थालाइ राम्रो काम गरेको बताउनु भएको छ ।

अन्य सस्थाले ऋणिको मृत्यु हुदा मात्र मिनाहा गरेको सुनेको तर यश सस्थाले संरक्षकको समेत मृत्यु हुदा समेत बिमा मार्फत ऋण मिनाहा गर्दो रहेछ । यो राम्रो पक्ष भएको समेत उहाले बताउनु भएको छ । नगर प्रमुख पुनले विभिन्न ठाउँमा बितिय सस्थाको नराम्रो काम गर्दै गएको भए पनि केही सस्थाको राम्रो निति नियम समेत भएको उहाले बताउनु भएको छ । सस्थाका शाखा प्रमुख डिल्लीराज बुढाथोकीले आफ्नो सस्थाले यस्ता थुप्रै कामहरु गर्दै गएको छ । नीति नियम बुझेर गएमा राम्रो हुने तर सस्थाले अनावश्यक हल्लाको पछि नलाग्न समेत अनुरोध गर्नु भएको छ ।

उहाले भन्नू भयो महिला सहयात्राले दुखमा परेकोलाइ सधै सहयोग गरेर जाने कर्जा बिमा।मार्फत ऋण मिनाहा गर्दै गएको समेत उहाले बताउनु भएको छ भने पेशा व्यवसाय गर्नेलाई सहयोग गर्ने समेत उहाले बताउनु भएको छ । यश अम्रा शाखाले अहिले पेशा व्यवसायी गर्नेले ऋण समेत लगानी गर्दै गएको उहाको भनाइ रहेको छ ।

प्रकाशित मिति: २५ असार २०७८, शुक्रबार १६:२०