
१७ पुस, सल्यान ।
देशको सिमा मिच्नेहरु विरुद्ध उठ्नुपर्ने र यो विषयलाई वारपार लगाउनुपर्ने प्रसंग सहित वीर गोर्खाली बोलको नयाँ म्युजिक भिडियो सार्वजनीक भएको छ । यो गितमा रमेश प्रसाई र दुर्गेश थापाले सहकार्य गरेका छन् ।
गायक तथा मोडेल दुर्गेश थापाको यो नयाँ गित हो । युवा पुस्ताको मनमुटुमा बस्न सफल गायक तथा मोडेल थापाले आफ्नै स्वरमा वीर गोर्खाली बोलको नयाँ म्युजिक भिडियो बजारमा ल्याएका हुन् । दुर्गेशले विभिन्न स्टेज कार्यक्रमहरुमा यो गित प्रस्तुत गर्नेगर्दथे । अहिले म्युजिक भिडियोको रुपमा सार्वजनीक गरेका हुन् ।
यस गीतमा सुरेश रानाको शब्द संगीत रहेको छ । तीजको समयमा ‘बिच्च बिच्चमा’, चलचित्र ‘छ माया छपक्कै’को प्रोमोशनल गीत र ‘ह्याप्पी तिहार’ बोलको गीतबाट धेरै चर्चामा आएका उनले सधै फरक शैलीको गित सार्वजनिक गर्ने गर्छन् ।
वीर गोर्खाली बोलको नया गीतमा नेपाली बिरताकोको गाथाको चर्चा गर्नुको साथै कालापानी लिपुलेक नेपाली भुमि भएको बताईएको छ । यस गीतको भिडियोमा शिब बिकेको निर्देशन र मिलन विस्वकर्माको सम्पादन रहेको छ ।
प्रकाशित मिति: १७ पुष २०७६, बिहीबार १३:४५