
सल्यान,पुष १७ – आफ्नै नातिनीलाइ ज्यान मार्ने प्रयास गर्ने एक व्यक्तीलाइ प्रहरीले पक्राउ गरेको छ । जिल्लाको शारदा नगरपालिका वडा नम्बर १३ निवासी ४४ वर्षीय देव बहादुर बुढालाइ मंगलवार राती प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए ।
मानसिक सन्तुलन गुमाएका बुढाले मंगलवार राती घरमा नातिनीमाथी धारिलो हतियारले आक्रमण गर्न खोजेपछि परिवारले प्रहरीलाइ खबर गरेका थिए । इलाका प्रहरी कार्यालय लुहामबाट रातीनै प्रहरी घटनास्थलमा पुगी बुढालाइ नियन्त्रणमा लिएको थियो ।
बुढालाइ नियन्त्रण लिने क्रममा एक थान भरुवा बन्दुक समेत बरामद भएको डिएसपी खतिवडाले बताए । प्रहरी पक्राउ गर्न गरेको समयमा बुढाले चित्र भकारीबाट भरुवा बन्दुक निकाली बाहिर फालेको डीएसपी खतिवडाले बताए ।
बरामद भएको बन्दुक लाइसेन्स पाप्त भए नभएको बारे अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ । बुढाको बिगत एक दशकदेखि मानसिक सन्तुलन गुमेको परिवारले जनाएको छ । मानसिक सन्तुलन गुमेका उनको अहिले सल्यान अस्पतालमा उपचार भैरहेका प्रहरी जानकारी दिएको छ ।
प्रकाशित मिति: १७ पुष २०७६, बिहीबार १६:३०