
कभर खबर –१८, पुस। दिनमा १८ घण्टासम्म लोडसेडिङ खेपेका नेपाली जनताले पछिल्लो समय लोडसेडिङलाई लगभग विर्सिन थालिसकेका छन् । लोडसेडिङ पूर्णतः निर्मूलिकरणको बाटोमा गईरहेका बेला विगत केहि समयदेखि काठमाडौं लगायत देशका धेरै स्थानमा झ्याप्प झ्याप्प बत्ति जाने समस्या आएको छ ।
पछिल्लो समय विधुतीय क्षेत्रमा नेपालले राम्रो प्रगति गरी लोडसेडिङ अन्त्य जस्तै भएका बेला यसरी बारम्बार बिजुली काटिने समस्या आएपछि सर्वसाधारणहरु पुनः अत्तालिएका हुन् । तर यहि विषयलाई नेपाल विधुत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले भने बिद्युतीय खपत बढेको तथा लोड बढ्दै जाँदा मुख्यगरी वितरणलाइनमा प्राविधिक समस्या आउने गरेकाकारण बिजुली काटिने गरेका भन्दै यसबाट नआत्तिन सर्वसाधारणलाई अनुरोध गरेका छन् ।
नेपालमा अहिले पूर्णतः विद्युत उत्पादन प्रशस्त रहेको छ । नेपाली जनताले आफुसक्दो विद्युत खपत बढाउन सक्ने प्राधिकरणको भनाई छ । गत बर्षको तुलनामा ४० प्रतिशतले माग बढेको काठमाडौंमा मात्रै अहिले ४ सय मेघावट विद्युत खपत हुने गरेको भन्दै यो सकारात्मक रहेको प्राधिकरणले जनाएको छ । खपत दर बढ्दै गएको तर, प्राधिकरणको विद्युतीय सिस्टम पुरानै भएकाले त्यसलाई फेर्दा विद्युत काटिने गरेको हो ।
जाडोयाममा विद्युत सामाग्री बढी प्रयोग हुने र लोड थेग्न नसकि ट्रान्सफर्मर जल्ने, सडक निर्माणका क्रममा पोलहरु सार्नुपर्ने अवस्थाका कारण विजुलीको लाईन केहि समय काटिनु समान्य रहेका भन्दै यसलाई लोडसेडिङ भनेर नबुझ्न घिसिङले आह्वान गरेका छन् ।
कुनैबेला विद्युतको हाहाकार ब्यहोरेको नेपालले पछिल्लो समय राम्रो नेतृत्व पाएसंगै विद्युत बेच्न सक्ने अवस्थामा पुगेको छ । नेपालमा अहिले बर्षायाममा १३ सय ७० मेघावाटको जडित विद्युत उत्पादन क्षमता रहेको छ । त्यसमध्ये हिउँदोमा केहि घटेर ८ सय मेघावाट सम्म हुने गरेको छ ।
हिउँदोमा निर्यात गर्नुपर्ने अवस्थालाई पनि अन्त्य गर्न प्राधिकरण लागिपरको भन्दै जनताले निर्धक्कसंग विद्युत प्रयोग गर्नेसक्ने वातावरण बनाउने जिम्मा आफ्नो भएको प्रबन्ध निर्देशक घिसिङको स्पष्टोक्ति छ ।
कभर खबरको कभर क्याफेमा कुलमान घिसिङसँगकाे कुराकानी :
प्रकाशित मिति: १८ पुष २०७६, शुक्रबार १७:११