युनियन लाइफ इन्स्याेरेन्सकाे अभिकर्ता प्रशिक्षण कार्यक्रम श्रीनगरमा सम्पन्न

सल्यान,पुष १७ – युनियन लाईफ इन्स्योरेन्स कम्पनीले अभिकर्ता अभिमुखिकरण तालिम सम्पन्न गरेको छ । कम्पनीले सल्यानमा बिहीबार एक दिने अभिकर्ता अभिमुखिकरण तथा पुनर्ताजगी तालिम सम्पन्न गरेको हो ।

कम्पनीले झन्डै ४३ जना अभिकर्ताहरुको सहभागितामा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको हो । अभिकर्ता अभिमुखिकरण कार्यक्रममा संचालक तथा सल्यान शाखाका प्रमुख रमेश कुमार वलीले कम्पनीको विभिन्न प्रकारका पोलिसीका बारेमा बताए ।

कर्णाली प्रदेश प्रमुख नारायण पंगेनीले प्रशिक्षण दिंदै कम्पनीले अभिकर्ताहरुका लागी प्रदान गर्ने सेवा सुबिधाका बारेमा जानकारी दिए।देशभार ७७ वटा शाखा संचालन रहेको र सल्यान जिल्लामा १ सय ५० बढी एजेन्ट रहेको वलीले जानकारी दिए ।

उनले अभिकर्ताहरुलाइ अहिलेको समयमा बिमाको अतिनै महत्व रहेको भन्दै यहाँका ग्रामीण स्थानमा गएर बिमा बनाउन अनुरोध गर्न आग्रह गरे । कार्यक्रममा विभिन्न बिधामा उत्कृष्ट कार्य गर्ने अभिकर्तालाई सम्मान समेत गरिएको छ ।सम्मानित हुनेमा एजेन्सी म्यानेजर चक्र बहादुर डाँगी र एमडीआरठी निशा पाण्डे रहेका छन् ।

प्रकाशित मिति: १७ पुष २०७६, बिहीबार २१:०८