
सल्यान,पुष १८
सल्यानमा बिहिबार राती देखी परेकाे अविरल वर्षाका कारण अत्याधिक चिसाे बढेकाे छ।चिसेका कारण जनजिवन प्रभावित बनेके छ । अत्याधिक चिसाे बढेपछि जिल्लाका केही विद्यालय समेत बन्द भएका छन् । गएराती देखी अविरल रूपमा पानी परेर चिसाे बढेपछि परिक्षा समेत राेकिएकाे क्रेटिभ एकेडमीका शिक्षक घनश्याम गिरीले जानकारी दिए । साना विद्यार्थी भाइ बहिनीलाइ चिसाेका कारण परिक्षामा लेख्न असहज हुने भएपछि विद्यालय बन्द गरेका हाैं उनले भने । अाज हुने भनिएकाे परिक्षा अर्काे दिनका लागी सारिएकाे उनले बताए ।
शुक्रबार पनि देशका विभिन्न ठाउँमा पानी र हिउँ पर्ने सम्भावना रहेकाले सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।विशेषगरी मध्य र पूर्वका उच्च पहाडी तथा हिमाली भेगमा हिउँ र अन्य ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् विभुति पोख्रेलले जानकारी दिए । पश्चिमी वायुको प्रभाव आज यी ठाउँमा धेरै पर्ने सम्भावना रहेको उनके भनाइ छ ।
पश्चिमी वायुको प्रभाव आज पश्चिमी क्षेत्रमा भने कम हुने सम्भावना छ । आज दिउँसो काठमाण्डाैसहित देशका पूर्वी र मध्य क्षेत्रमा सामान्य पानी पर्ने सम्भावना भए पनि बेलुका चार/पाँच बजेपछि उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिउँ पर्ने र अरु ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेकाे उनले बताए ।
शनिबार आजको तुलनामा पश्चिमी वायुको प्रभाव कम हुने भए पनि उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात र पहाडी भेगमा हल्का वर्षाको सम्भावना छ ।
प्रकाशित मिति: १८ पुष २०७६, शुक्रबार ०९:५३