
सल्यान – सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा न ११ रैकर निवासी ३९ वर्षया मृगौला पीडित विष्णु टमाटाको लागि आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।
‘मृगौला पिडित विष्णु टमाटा वचाउ अभियान’ सञ्चालनकर्ताहरुले संकलन गरेको रकम बन्गाडकुपिण्डे नगरपालिकाको रैकर बजारमा एक कार्यक्रमका बीच नगरप्रमुख गोबिन्द कुमार पुनले ३ लाख ५७ हजार नगद मृगौला पिडितकी आमा रेउती विकलाई घरमा नै पुगेर हस्तान्तरण गरेका हुन । नगरप्रमुख पुनले आफ्नो तर्फबाट रु. ५ हजार सहयोग गरेका छन ।
उपचारमा आर्थिक अभाव भएको श्रीमान जयराम टमाटाले बताएपछि उपचारको लागि स्थानीयले अभियान सञ्चालन गरेका थिए । परिवारले ३० लाख वढी रकम अस्पतालहरुमा उपचारकै क्रममा सकिएको जनाएको छ । टमाटाको हाल मानव प्रत्यारोपन केन्द्रको विशेष पहलमा भारतको दिल्ली स्थित एपोलो अस्पतालमा उपचार भैरहेको छ ।
मृगौला प्रत्यारोपनको लागि मृगौला प्रदान गर्ने डोनर तयार भैसकेको अस्पतालको भनाई छ । मृगौला पिडित टमटाको जिवन रक्षाका लागि लङ्ग ग्रिन रिभर वोर्डिङ्ग स्कुल सल्लीवजारले आर्थिक जोहोको लागि अभियान सञ्चालन गरेको थियो । लङ्ग ग्रिन रिभर वोर्डिङ्ग स्कुल सल्लीवजारका प्रवन्धक निर्देशक कमल वलीले टमाटाको जीवन रक्षाका लागि अभियानमा जम्मा भएको ३० हजार रुपैँया समेत हस्तान्तरण गरेका वलिले जनाएका छन ।
यो रकम प्रर्याप्त नभएकाले अझै आर्थिक सहयोग गर्न सहयोगी मनहरुलाई परिवारले आग्रह गरेको छ । वडाअध्यक्ष बीरबहादुर बुढाको अध्यक्षतामा भएको सहयोग हस्तान्तरण कार्यक्रमको सञ्चालन दलवहादुर विकले गरेका थिए । पिडितको उपचारको लागि विभिन्न पत्रपत्रिकामा सहयोगको लागि भन्दै समाचार प्रकाशन भएको थियो । पीडित टमाटा ४ वर्ष देखि बिरामी छन ।
प्रकाशित मिति: १९ पुष २०७६, शनिबार २१:३९