
सल्यान जिल्लाका छापाखानाहरुले २० वर्ष उमेर नपुगेका विवाह कार्ड छाप्न नपाउने भएका छन् । जिल्लामा बाल विवाह ज्युनिकरणको अभियान चलाएको प्रहरीसँग छापाखाना संचालकहरुले २० वर्ष उमेर नपुगेकाहरुकाके विवाह कार्ड नछाप्नेख प्रतिवद्धता जनाएका हुन । वालविवाह रोकथाममा सक्रिय रहेको सल्यान प्रहरीले अभियानमा साथ दिन सम्वन्धित सवैपक्षसँग आग्रह गर्दै आएको छ । जिल्लामा संचालन भएका सात वटा छापाखानाहरुले शुक्रबार जिल्ला प्रहरी कार्यालय सल्यानमा पत्रकार सम्मेलन गरी प्रतिवद्धतापत्र सार्वजनिक गरेका हुन ।
प्रहरीले जिल्लामा वालविवाह न्युनिकरणमा तपाइहरको पनि साथ र सहयोग आवश्यक छ भनेपछि हामीपनि सहयोग गर्ने मनसायले अघि बढेका हौँ,खलंगामा गिता अफसेट प्रेस संचालन गरिरहेका प्रकाश थापाले भन्नुभयो,‘उमेर नपुगेका वरवधुको विवाह कार्ड छाप्नु पनि वालविवाहलाई प्रोत्साहन गरेको देखिने हुँदा हामी पनि यसो नगर्न सहमत भएका हौँ ।’
समुदाय प्रहरी साझेदारी अन्तर्गत जिल्ला प्रहरी कार्यालय सल्यानले एक वर्षको अवधिमा विवाह मण्डपमै पुगेर आधा दर्जन वालविवाह रोकेको छ भने पण्डितहरुलाई समेत वालविवाह गर्नेको साइत नहेर्न र विवाह नगराउन सचेत गराउदै तालिम समेत दिएको छ ।
जिल्लामा बाल विवाह न्युनिकरणमा सक्रिय रुपले लागेको जिल्ला प्रहरी कार्यालय सल्यानका डियसपी ढकेन्द्र खतिवडाले बताउनुभयो। यस अभियानमा सबैको साथ र सहयोगको अपेक्षा छ उहाँले भन्नुभयो, ‘छापाखाना, पण्डीत, अभिभावक वालवालिका सवैलाई सचेत गराएका छौँ र नतिजा पनि देखिएको छ ।’
कार्ड छाप्न जन्मदर्ता अनिवार्य
छापाखाना संचालकहरुले वालविवाह न्युनिकरणमा सहयोग गर्न जन्मदर्ता हेरेर मात्रै विवाह कार्ड छाप्ने भएका छन् । कार्ड छाप्दा वर र वधुको जन्मदर्ता पनि सुरक्षित राख्ने छौँ,‘एसके छापाखानाका संचालक शिखर केसीले भने जन्मदर्ता हेर्दा वरवधु मध्ये दुवैको उमेर २० वर्ष पुग्छ भने मात्रै काडै छाप्छौँ ।’
प्रतिवद्धता जनाउनेमा सल्यान जिल्लामा संचालित सवै सात वटै छापाखाना छन् । जिल्लामा खलंगा, सितलपाटी, सल्लीबजार र वागचौरमा संचालन भएका छापाखानाहरुले प्रतिवद्धता जनाएका हुन ।
प्रकाशित मिति: ३ माघ २०७६, शुक्रबार १७:२६