सपना र शहीदहरु

रवीन्द्र भटराई

चौडा छातीका आँटहरू खँदिला थिए,
उचा शीरमा सोचहरू झरिला थिए,
आत्मा शुद्ध, मन पवित्र थियो,
विवेक उच्च, मुटु बलिष्ठ थियो ।।

भविष्यका सुन्दर कल्पनाहरू
त्याग समर्पणका पउल भावनाहरू,
सबैको भलाइको चाहना थियो,
मुलुक  बन्नु पर्छ भन्ने कामना थियो,
त्यही त काँतरहरूलाई सैह्य भएन,
त्यही त लाछीहरूलाई मन परेन ।।

सोच र साहस नै सहिद हो आखिर,
निष्ठा र त्याग नै त इमान हो आखिर,
जनताप्रति स्नेहमा उनले आफूलाई बिसाए,
अरूको तिर्खा मेट्न उनले आफूलाई रित्याए ।।

समयको गति बढ्दै जाँदा, विस्मृृतिका पर्दाहरू बाक्लिँदै गए,
घटनाका चित्रहरू टालिँदै जाँदा,
उनलाई खोज्ने आँखाहरू पातलिँदै गए,
हिजो सहिदका सपनाहरू थिए,
आज सहिदहरू सपना भएका छन् ।।

प्रकाशित मिति: १६ माघ २०७६, बिहीबार १७:३३