
इन्द्र बुढाथोकी
सल्यान – स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले सल्यानकाे वनगाड कुपिण्डे नगरपालिकामा १५ शैयाकाे अस्पताल बनाउन सहयाेग गर्ने प्रतिवद्दता जनाउनुभएकाे छ । सल्यानमा १० वटै स्थानीय तह भएको जिल्लामा समेत एउटा मात्र जिल्ला अस्पताल भएको कारण यहाँको जनसंख्याको माग र आवश्यकता अनुसार आफ्नो कार्यकाल भित्र १५ सैयाको अस्पताल बनाउने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयाे ।
सल्यान – स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले सल्यानकाे वनगाड कुपिण्डे नगरपालिकामा १५ शैयाकाे अस्पताल बनाउन सहयाेग गर्ने प्रतिवद्दता जनाउनुभएकाे छ । सल्यानमा १० वटै स्थानीय तह भएको जिल्लामा समेत एउटा मात्र जिल्ला अस्पताल भएको कारण यहाँको जनसंख्याको माग र आवश्यकता अनुसार आफ्नो कार्यकाल भित्र १५ सैयाको अस्पताल बनाउने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयाे ।
उहाँले नगरपालिकाइ आन्तरिक स्रोत बाट जग्गा तयारी बनाउन समेत अनुरोध गर्नुभयाे । जनताको तत्कालीन स्वास्थ्य सेवा बुझेर प्रत्यक घर टोलामा स्वास्थ सेवा पुर्याउन आफू देश भरी स्वास्थ्य क्षेत्रमा भएका समस्याका बारेमा अनुगमन गरि आउदो आर्थिक वर्षमा बजेट बिनियोजन गर्ने उद्देश्यले अाफ्नाे भएकाे उहाँले बताउनुभयाे ।
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री रावतलाई शनिबार बनगाड कुपिण्डे नगरपालिकामा गरेकाे स्वागत कार्यक्रममा उहाँले देशभरी भन्दा कर्णालीका जनता स्वास्थ सेवा बाट असाध्य बन्चित रहेको बताउनुभयाे । सल्यान र दैलेखमा अब छिटै स्वास्थ्य बिमा कार्यक्रम लागू गर्ने र त्यस पछि सबैले स्वास्थ्य बिमा गरेर उपचार गर्नु पर्ने राज्यमन्त्री रावतले बताउनुभयाे ।
स्वागत कार्यक्रममा बोल्दै नगर प्रमुख गोविन्द कुमार पुनले आफ्नो नगरपालिका भित्र भएका स्वास्थ्य समस्या बारेमा स्वास्थ्य राज्यमन्त्रीलाई जानकारी गराउनुभयाे । नगर प्रमुख पुनले १५ सैयाका नगर अस्पताललागि पहल गरिदिन र स्वास्थ्य चौकी नभएका ५ वटा वडामा स्वास्थ्य चौकी व्यवस्था र ८ वटा वडामा स्वास्थ्य चौकिको भवन समेत व्यवस्था गर्दिन आग्रह गर्नुभयाे ।
साथै देवस्थल स्वास्थ्य चौकिको अनुगमन समेत गरेका छन । देवस्थल स्वास्थ्य चौकी इन्चार्ज भुमा बुढाथोकीले तत्कालीन सामान्य सेवा सबै जनतालाई दिन सफल भएको र यस नगरपालिकामा तथा स्वास्थ्य चौकीले घरैमा हुने सुत्केरी शुन्यमा झार्ने लक्ष्य रहेको छ । यहाँको भौगोलिक विकटता यातायातको असुविधा लगाएतका समस्याका कारण करिब ४० प्रतिशत जति गर्भवती घरमै असुरक्षित सुत्केरी हुन बाध्य छन। जसका कारण गत वर्ष एक जना सुत्केरीले आकालमै ज्यान गुमाउनु परेको थियो । यस्ता समस्या निवारण गर्न तट सघिय सरकार बाट स्वास्थ्य सस्थामा प्रयोगशालाको लागि आधुनिक उपकरण लगाएत एम्बुलेन्सको व्यवस्था गरिदिनु हुन माननीय राज्यमन्त्री रावतलाइ स्वास्थ्य चौकिले ध्यानाकर्षण गरेको छ ।
स्वागत कार्यक्रम नगर प्रमुख गोविन्द कुमार पुन, उप प्रमुख मन्जु यरि, नेकपा जिल्ला पार्टी सचीव कर्ण बहादुर बुढाथोकी, वडा अध्यक्षहरु, नेकपा नगर अध्यक्ष किर्ती बहादुर रान, नगरपालिका कर्मचारी, स्थानीय बुद्धिजीवी, व्यापारी लगाएतको उपस्तिथि रहेको थियो ।
प्रकाशित मिति: १८ माघ २०७६, शनिबार १७:१७