इन्द्र बुढाथोकी
सल्यानको बनगाड कुपिण्डे नगरपालिकाले फाल्गुन १ गते सार्वजनिक विदा दिएको छ । माघ २८ गते नगर कार्यपालिकाको निर्णय अनुसार भ्रमण वर्ष २०२० लाई सफल बनाउन फाल्गुन १ गते कुपिण्डे ताल महोत्सवको आयोजना गरिएकोले नगरपालिका भित्रका सम्पुर्ण सरकारी कार्यालय तथा विध्यालयहरुलाई १ दिनको सार्वजनिक विदा दिएको छ ।
कुपिण्डे ताल महोत्सवमा बनगाडका कुपिण्डे ताल सहित १२ वटा वडाकै सम्पुर्ण पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्ने बताएको छ । कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री माननीय महेन्द्र बहादुर शाहीले उद्घाटन गर्ने बताइएको छ ।
प्रकाशित मिति: २९ माघ २०७६, बुधबार १३:०९